‘लकडाउन’ उल्लंघन गर्ने १३ सय जना होल्ड
आइतबार, २३ चैत २०७६, ०९ : ३४
काठमाडौँ । काठमाडौं उपत्यकाबाट सरकारले अख्तियार गरेको ‘लकडाउन’ उल्लंघन गर्ने करिब १३ सय जनालाई नियन्त्रणमा लिएर प्रहरीले होल्ड गराएको छ ।
आइतबार बिहान ८ बजेसम्म उपत्यकाका तीन जिल्लाबाट लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जनालाई नियन्त्रणमा लिएर होल्ड गराइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए ।
एसएसपी ज्ञवालीका अनुसार होल्ड गराइएकामध्ये १ हजार ४० पुरुष र २ सय ४८ जना महिला छन् । सँगै ६२ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको उनले बताए ।
यस्तै शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने भन्दै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत रोक लगाएको छ ।