कोरोनाको जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतको आग्रह
आइतबार, २३ चैत २०७६, १६ : ४०
धनुषा । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ‘कोभिड —१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गरेका छन् । उनले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताएका छन् ।
मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अग्रसरताका लागि चिकित्सकलाई अनुरोध गर्नु भएको छ । प्रदेश सरकार चिकित्सकको बीमा, पिपीइलगायतका स्वास्थ्य सामग्री सहयोग गर्न तयार रहेको जानकारी दिए ।
मुख्यमन्त्री राउत महामारीको कठीन समयमा प्रदेश सरकारसँग भएको साधनका स्रोत उपलब्धका साथै पारिश्रमिकमा सतप्रतिशत वृद्धिलगायत सबै थोक सहयोग गर्न तत्पर रहेकाले नडराई सरकारको अभियानमा साथ दिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै