साउदी अरबमा ४ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि
आइतबार, २३ चैत २०७६, १७ : २८
साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो। उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ।
आइतबारसम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ । गत पछिल्लो २४ घण्टामा थप १४० जनामा संक्रमण देखिएको थियो। कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् भने २९ जना संक्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा