नेपाल-भारत सीमा नाकामा थप कडाइ
पर्सा । कोरोना भाइरस (कोभिड –१९) को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ । यसका लागि आठ जिल्लाका १०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
लकडाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकिछिपि नेपाल प्रवेश गर्ने ४६ जना भारतीयलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।
लकडाउनलाई प्रदेशका आववटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ । कोरोना भाइरस सङक्रमणको आशंका गरिएका विरामीलाई परीक्षण गर्न प्रदेश २ मा १४ वटा अस्पतालमा १७६ श्यया, १७ वटा अस्पतालमा १६२ आइसोलेसन श्यया र १९ वटा क्वारेन्टाइन स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा