केन्द्रीय संस्करण

जनप्रतिनिधीद्वारा प्रहरीचौकीमाथि आक्रमणको प्रयास

person explore access_timeचैत २६, २०७६ chat_bubble_outline0
सांकेतिक तस्विर
सञ्जय मिश्रा

रातोपाटी

रौतहट । भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणीभेगस्थित बौधीमाई नगरक्षेत्र अन्तरगत बंकुल प्रहरीचौकी माथि एकजना निर्वाचित जनप्रतिनिधीले आक्रमणको प्रयास गरेका छन् । लकडाउनकै अवधिमा बौधीमाई–७ का नेकपाबाट निर्वाचित वडा अध्यक्ष विजय कुश्वाहासहित दर्जनौँको संख्यामा गएका मानिसले मंगलवार साँझ प्रहरी कार्यालयमाथि आक्रमणको प्रयास गरेका थिए ।

एकजना प्रहरीले आफनो भाईलाई दुर्व्यवहार गरेको भन्दै वडा अध्यक्ष कुश्वाहासहितको समूहले प्रहरीचौकीमाथि आक्रमणको प्रयास गरेका थिए । प्रहरीले वडा अध्यक्ष कुश्वाहाको समूहले चौकी घेरा हाल्दै अपशब्द प्रयोग गरेर गालीगलौच गरेको बताएको छ । यता, बंकुलचोक नजिकै रहेको क्वारेन्टाइनमा मोटर मर्मत गर्न मंगलवार दिउँसो  जानेक्रममा प्रहरी चौकी अगाडी एकजना प्रहरीले आफ्नो भाईलाई लकडाउनको नामामा दुर्व्यवहार गरेको वडा अध्यक्ष कुश्वाहाको दावी छ ।

उता, बंकुल प्रहरीचौकीका प्रमुख असई सञ्जय बोहराले कुनै प्रहरीले गलत ब्यवहार गरेको भए बास्तविक बुुझेर दोषी भएमा कारवाही गर्ने बताएका छन् । तर, दुर्व्यवहारको बहानामा वडा अध्यक्ष कुश्वाहाले पुुरानो रिसिइवीको बदला स्वरुप प्रहरीचौकी उपर आक्रमणको प्रयास तथा सार्वजनिकरुपमा गालीबेईजती गरेको असई बोहराको भनाई छ । असई बोहराका अनुसार वडा अध्यक्ष बिजय कुश्वाहाले लकडाउनको अवधिमा आफनो घर निर्माण गराइरहेका थिए । जिल्लाको निर्देशन अनुसार केहीदिन अघि उक्त निर्माणकार्य रोक्का गराएकाले यस्तो बदला लिएको हो ।

आक्रमणको प्रयास लगतै बंकुल आसपासका प्रहरी कार्यालयका साथै बिभिन्न सशस्त्र बेस क्याम्पबाट थप प्रहरी परिचालन गरीएको थियो । बंकुल प्रहरी चौकीमा थप प्रहरी परिचालनपछि अवस्था सामान्य भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...