शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा गृहजिल्ला रुकुम पुगे नेकपा नेता शर्मा, समस्यामा परेकालाई सहयोग गर्दै

बुधबार, २६ चैत २०७६, १५ : ५६
बुधबार, २६ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउनमा गएपछि नेताहरु के गर्दै होलान् ? धेरै नेताको जवाफ आउन गरेको छ–घर मै परिवारसँगै बसेको छु । भेटघाट बन्द गरिएको छ, फोनमार्फत आवश्यक राजनीतिक गफगाफ भइरहेको छ ।’

हुन पनि अहिले अवस्था यस्तै छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने कोरोना भाइरसको संक्रमण जोखिमका बेला आम नागरिकलाई जोगाउने एकमात्रै बिकल्प भनेको सेल्फ क्वारेन्टाइन नै हो । यतिभन्दैमा जनताको सेवक भएपछि नेता जनताको दुःखमा सँगसँगै पनि हुनुपर्छ । नेकपा नेता जनार्दन शर्मा सोही कुराको बोध गरेर अहिले गृहजिल्ला रुकुम (पश्चिम) पुगेका छन् । 

केही दिन त घरमै सेल्फ क्वारेन्टाइनमा बसे उनी । घरमै रहँदा पनि उनी समस्यमा परेका सर्वसाधारणदेखि विभिन्न पेशा र व्यवसायमा विभिन्न ठाउँमा पुगेर अपलपत्र परेकालाई गन्तव्यसम्म पुर्याउन समन्वयकारी भूमिकामा खटिए शर्मा । केहीदिन यसरी काम गरेपनि उनलाई गृहजिल्लामा गएर जनतासँगै हुनपर्ने आत्मबोध भयो र हान्निए जिल्ला । 

अहिले उनी जिल्लाका विभिन्न ठाउँमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्न र राहतका कार्यक्रमलाई प्रभावकारी बनाउन लागिपरेका छन् । 

मंगलबार शर्माले रुकुम पश्चिमका डा अनुप समाललगायतसँग छलफल गरेर सम्भावित जोखिम न्यूनीकरणका लागि खेल्न सकिने भूमिका र अपनाउन सकिने सावधानीका विषयमा छलफल गरे । सो क्रममा डा समालललागयतले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता जनाए । सो क्रममा केही आवश्यक स्वास्थ्य सामग्री दिएका शर्माले अन्य सामग्री नियमित पठाउने पनि जानकारी दिए । 

यस्तै शर्माले कोरोनाको महामारी नियन्त्रणका लागि ६ वटै पालिका प्रमुखहरु संग योजनागत बैठक पनि गरेका छन् ।  यो बैठकबाट महाविपत्तिमा सरकार,पार्टी र जनतासंग संगै परिचालन गर्ने योजना बनाइएको शर्माले बताए । 

यस्तै शर्माकै पहलमा चौरजहारी अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री दिइएको छ । उनले कोरोनाबाट हुन सक्ने महामारी रोकथामको लागि अस्पतालले राम्रो तयारी गरिरहेको पाइएको बताए । 

केही पूर्वाधार र ल्याबको तयारीको लागि सरोकारवाला सबैसँग छलफल भएको भन्दै शर्माले कर्णाली प्रदेश सरकारले पनि एउटा केन्द्र तोकेको हुनाले थप तयारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । शर्मा जिल्ला दौडाहामा रहँदा भीड भाड कम गरिएको छ भने आवश्यक स्वास्थ्य सर्तकता पनि अपनाइएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप