सडकका कुकुरलाई खान खुवाउँदै कोमल वलीले भनिन्– ‘घरको छाना र गेट बाहिर पनि केही राखिदिनुस् ’
बिहीबार, २७ चैत २०७६, १४ : ४७
काठमाडौं । सांसद तथा गायिका कोमल वलीले सडकमा रहेका घर बाहिरका पशुपन्छीलाई समेत केही दिन सबैलाई आग्रह गरेकी छन् । लकडाउनका कारण सडकमा भोकभोकै रहेका पशुपन्छीहरुको दयनीय अवस्था देखेर उनले सो अनुरोध गरेकी हुन् ।
स्नेहा केयरको साथमा काठमाडौंका विभिन्न स्थानमा पुगेर उनले बेवारिसे अवस्थाका कुकुरलाई खाना समेत खुवाएकी छन् । कोमलले सामाजिक सञ्जालमा कुकुरहरुलाई खाना खुवाएको केही तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘पशुपंक्षीको जीवन पनि हाम्रो जतिको महत्वपूर्ण हो । यहाँहरुले पनि आफुले खाएर बचेको शुद्ध खानेकुरा छत तथा गेट बाहिर राखिदिए कोरोनाको कारण खान नपाएर कसैको ज्यान जाने थिएन ।’
उनले उक्त पोष्टमार्फत स्थानीय सरकारको ध्यान अहिलेको समय मानिसको अलवा बेवारिसे पशुपन्छीतिर पनि जानुपर्ने धारणा समेत राखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा