शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका ६ जना पदाधिकारीले दिए राजीनामा

शुक्रबार, २८ चैत २०७६, १२ : ०५
शुक्रबार, २८ चैत २०७६

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका ६ जना पदाधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । बोर्डका पदाधिकारीले क्लबमा विकराल अवस्था आएको भन्दै सामूहिक रुपमा अध्यक्ष जोसेप मारिया बार्तोमेउलाई राजीनामा बुझाएका छन् । यस समाचारलाई फुटबल सम्बन्धी अनलाईन गोल डटकमले उल्लेख गरेको छ ।

पदबाट राजीनामा दिनेमा उपाध्यक्ष इमिली रोउसान्ड र इनरिक तोम्बास, निर्देशक सिल्भियो इलियस, मारिया टेक्सीडोर, जोसेप पन्ट र जोर्डी क्लासामिग्लिया रहेका छन् । उनीहरुले कोरोना भाइरसका कारण क्लबमा परेको संकट, त्यसले निम्त्याएको समस्या र अबको रणनीतिबारे धारणा सार्वजनिक गर्न आग्रह पनि गरेका छन् । राजीनामा दिएका पदाधिकारीले आफुहरुले क्लबको अवस्थाबारे जानकारी लिन चाहेपनि अध्यक्ष जोसेपले छलफल  गर्न नचाहेको आरोप पनि लगाएका छन् ।

उनीहरुले क्लबको कठिन चुनौतीलार्ई सामना गर्न ब्यवस्थापनको ढाँचालाई परिवर्तन गर्न नसक्दा बिकराल अवस्था आएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । कोरोनाका कारण आर्थिक संकट पैदा भएको भन्दै बार्सिलोनाले हालै खेलाडीको तलबमा ७० प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप