शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीयवासीसँग मिलेर सीमा निगरानीमा प्रहरी

शुक्रबार, २८ चैत २०७६, १२ : ३२
शुक्रबार, २८ चैत २०७६

जिल्ला प्रहरी कार्यालय झापाले सीमा निगरानी समिति गठन गरी लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्णरूपमा रोक लगाएको छ ।
 खुला सिमानाको फाइदा उठाउँदै प्रहरीलाई छक्याएर कोही पनि नेपाल प्रवेश गर्न नसकुन् भन्ने उद्देश्यले स्थानीयवासीको सहकार्यमा सीमा निगरानी समिति बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
  
कोरोना भाइरसको सङ्क्रमणको समस्या भारतमा बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले तीन प्रहरी निरीक्षकको कमाण्डमा १६ स्थानमा गरी थप १५० प्रहरी सीमाक्षेत्रमा परिचालन गरिएको छ । 
सीमाक्षेत्रको निगरानीका लागि अहिले कचनकवल गाउँपालिकाको पथरीया, झापा गाउँपालिकाको टाघनडुब्बा र गौरीगञ्ज गाउँपालिकाको कोरोबारीमा प्रहरीले अस्थायी बेसक्याम्प निर्माण गरेको छ ।
 
झापाको पूर्वीउत्तर सिमाना तिरिङखोलाबाट पश्चिम–दक्षिण सीमावर्ती क्षेत्र गौरीगञ्जसम्मको १४४ किलोमिटरको बोर्डरमा प्रहरीले अहिले सीमा निगरानी समितिसँग सहकार्य गर्दै सीमाको निगरानी गरिरहेको छ      
अहिले सीमावर्ती क्षेत्र काँकडभिट्टा, कुमरखोद, गौरीगञ्ज, राजगढ, कुञ्जीबारी, भद्रपुरलगायतका क्षेत्रमा सीमा निगरानी समिति निर्माण गरिएको छ ।  यता सशस्त्र प्रहरी बल झापाले पनि जिल्लाका विभिन्न स्थानमा सीमाक्षेत्रको निगरानीका लागि १०० थप प्रहरी परिचालन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप