शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्वास्थ्यकर्मीहरुको तलब कट्टा गर्ने कुनै निर्णय भएको छैन’

शुक्रबार, २८ चैत २०७६, १७ : २३
शुक्रबार, २८ चैत २०७६

काठमाडौँ । कोरोना संक्रमणविरुद्ध खटिएका स्वास्थ्यकर्मीको तलब कटाएर कोषमा जम्मा गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तलब नकटाएको स्पष्ट पारेको छ । 

सरकारले शुरू गरेको ‘कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा स्वास्थ्यकर्मीको तलब नकटाएको शुक्रबार मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले स्वास्थ्यकर्मीहरुको तलब कट्टा गर्ने कुनै पनि निर्णय नभएको स्पष्ट पारेका हुन् ।

स्वास्थ्यकर्मीहरूलाई उच्च मनोवलका साथ संक्रमण विरुद्धको लडाईंमा खट्नका लागि अनुरोध गरेको देवकोटाले सम्मेलनमा बताएका थिए । 

सरकारले तीनै तहका निजामति तथा सकारी कर्मचारीको तलब कटाएर कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप