सामान्य विवादमा कुटपिट गरी आफ्नै बुवाको हत्या
आइतबार, १४ वैशाख २०७७, १२ : २०
सल्यान – आफ्नै बुवा ५१ वर्षीय बुदे बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोल बस्ने २१ वर्षीय सुरज बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको कारण सुरजले आफ्नै बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा