केन्द्रीय संस्करण
विज्ञानको आँखामा कोरोनाभाइरस

कोरोना महाव्याधि डढेलोझैँ झनै सल्कँदै : कहिले बन्ला औषधी र भ्याक्सिन ?

कसरी बन्छ कोरोनाविरुद्धको खोप ? यसले कसरी काम गर्छ ?

person explore access_timeबैशाख १६, २०७७ chat_bubble_outline1

कोरोना कहरको भयावहता अझै सकिएको छैन । यो महामारी डढेलोझैँ झनै सल्कँदै गइरहेको छ । भयावह स्थितिको अन्त्यका लागि कोहीकोही ईश्वर अर्थात् भगवान, परमेश्वर, अल्लाह, गड आदि उपमाले चिनिने आफ्ना आस्थाका अलौकिक शक्तिहरुलाई गुहारिरहेका देखिन्छन् । तर, ईश्वर रहने भनी सर्वसाधारणले आस्था विश्वास गरेका मन्दिर, मस्जिद एवं चर्चहरुमा कोही पनि जान सक्ने अवस्था छैन । किनकि, कोरोनाभाइरसले ईश्वरको आदेश सुन्दैन भन्ने कुरा अधिकांशलाई थाहा भइसक्यो । यतिसम्म कि पुजारी, धर्मगुरु वा पादरी आदि सबैलाई पनि थाहा भइसक्यो । उनीहरु स्वयंले नै मन्दिर, मस्जिद तथा चर्चहरुमा भक्तहरु नआउन् भनेर बन्द गरिसकेका छन् । अब सबैको ध्यान र भरोसा भनेको डाक्टर तथा वैज्ञानिकहरुमाथि नै रहेको देखिन्छ । उनीहरुले कहिलेसम्ममा भ्याक्सिन बनाउलान् ? उनीहरुले कहिलेसम्ममा निदानको औषधी बनाउलान् ? भनेर आम मानिसहरु पर्खी बसेका छन् ।

साँच्चिकोरोनाको औषधी र भ्याक्सिन कहिले बन्ला हँ?

यो प्रश्नको उत्तर कसैले पनि ठ्याक्कै दिन नसके पनि विश्वका करुणामयी डाक्टर–वैज्ञानिकहरुले आम मानव जगतलाई द्रूत विधि प्रयोग गरी भ्याक्सिन आविष्कार गरिने आश्वासन दिँदै ढाडस दिने गरिरहेका छन् । त्यो आश्वासन पनि एक किसिमको भ्याक्सिन नै मानौं । मनको भ्याक्सिन । किनकि, त्यतिले पनि हाम्रो मनोवल बढेर रोगबिरुद्ध लड्ने क्षमता केही बढ्छ कि ?! उनीहरु भन्दैछन् कि परम्परागत कुरा गर्ने हो भने एउटा भ्याक्सिन बनेर आम प्रयोगमा आउँन कम्तिमा पनि एक दशक लाग्छ, अर्थात् १० वर्ष । तर, अहिले हामी १८ महिनामा नै भ्याक्सिन उत्पादन गर्ने तरखरमा छौं, डाक्टर–वैज्ञानिकहरु भनिरहेछन् । मानिसहरु अहिले नै उकुसमुकुसको अवस्थामा पुगिसकेका छन् । १८ महिना भनेको कम्ता लामो समय हो र ? सर्वसाधारण हामीलाई लाग्दो हो । तर, हामीसँग कुनै अर्को उपाय पनि त छैन । १८ महिनामा भ्याक्सिन आएमा पनि ठूलो कुरा हुने भनेर ठान्नेहरु धेरै हुन थालिएको अहिलेको अवस्था हो ।

कोरोना निदानको औषधी

कोरोनाभाइरसबाट कोही संक्रमित हुन्छ भने निदानका लागि अहिले कुनै खास औषधी नभएको विश्व स्वास्थ्य संगठन, डब्लूएचओले जनाएको छ । त्यसैले कोरोनाभाइरसबाट संक्रमित या कोभिड–१९ का बिरामीका लागि निदानका लागि बिरामी स्वयंको रोगप्रतिरोधी प्रणालीको भर पर्नुको विकल्प छैन । तर, के कुरा सत्य हो भने कोरोनाको संक्रमण हुनासाथ मानिस मर्ने चाहिँ होइन । संक्रमितहरुमध्ये ८० प्रतिशतभन्दा पनि बढी त अस्पताल भर्ना नभई नै निको हुने गरेको अध्ययनले देखाएको छ । अस्पताल भर्ना भएका संक्रमितहरुमध्ये पनि धेरैले स्वयंको रोगप्रतिरोध प्रणालीको क्रियाशीलतामा रोगसँग लड्दै जित्ने गरेका छन् । आज (वैशाख १६) को मितिसम्म विश्वमा कुल संक्रमितहरुमध्ये ६.९ प्रतिशतको मात्र मृत्यु भएको तथ्याङ्क छ । तर, मृत्युको प्रतिशत भने देशपिच्छे फरक छ ।


कोरोनाभाइरसबाट कोही संक्रमित हुन्छ भने निदानका लागि अहिले कुनै खास औषधी नभएको विश्व स्वास्थ्य संगठन, डब्लूएचओले जनाएको छ । त्यसैले कोरोनाभाइरसबाट संक्रमित या कोभिड–१९ का बिरामीका लागि निदानका लागि बिरामी स्वयंको रोगप्रतिरोधी प्रणालीको भर पर्नुको विकल्प छैन । तर, के कुरा सत्य हो भने कोरोनाको संक्रमण हुनासाथ मानिस मर्ने चाहिँ होइन । संक्रमितहरुमध्ये ८० प्रतिशतभन्दा पनि बढी त अस्पताल भर्ना नभई नै निको हुने गरेको अध्ययनले देखाएको छ ।


अहिलेसम्मको तथ्याङ्क (www.worldometers.info) अनुसार कोरोना संक्रमणबाट विश्वमा सबभन्दा बढी आक्रान्त भएका दश देशहरुमा संक्रमितहरुमध्ये अमेरिकामा ५.६५, स्पेनमा १०.२३, इटालीमा १३.५०, फ्रान्समा १४.००, जर्मनीमा ३.७५, बेलायतमा १३.६, टर्कीमा २.५, इरानमा ६.३, चीनमा ५.५९ र रुसमा ०.९ प्रतिशत बिरामीहरुको मात्र मृत्यु भएको देखिन्छ । नेपालमा भने आजको मितिसम्म जम्मा ५२ जना कोरोनाबाट संक्रमित भएकोमा तिनीहरुमध्ये कसैको पनि मृत्यु भएको छैन । तीमध्ये १६ जना त निको भई अस्पतालबाट घर फर्किसकेको अवस्था छ ।

अहिलेसम्मको अध्ययनले कोरोनाबाट संक्रमितहरुमध्ये धेरैसँग रोगको असर नरम रुपमा मात्र पर्ने गरेको र तिनीहरु अस्पतालमा भर्ना नभई घरमै आइसोलेसनमा (अलग्गै) बसी आराम लिँदा नै रोग निको हुने गरेको तथ्य देखाएको छ । खासगरी स्वस्थ बच्चाबच्ची र युवाहरु कोरोनाबाट संक्रमित भइनै हालेमा पनि अस्पताल भर्ना नभई घरमै आराम लिएर नै निको भएको अध्ययनले देखाएको छ । कोभिड–१९ को उद्गम थलो मानिएको चीनको हुबे प्रान्तको राजधानी वुहानमा संक्रमितहरुको पहिलो ४४ हजारमा गरिएको एक अध्ययनमा ८०.९ प्रतिशत बिरामीहरु अस्पतालमा भर्ना नभईकन नै निको भएको तथ्याङ्क रहेको बताइन्छ । लस एन्जेलस टाइम्समा डा. पाट्रिक सून–शियोङ्गले बताए अनुसार वुहानमा संक्रमितहरुमध्ये १३.८ प्रतिशत गम्भीर र ४.७ प्रतिशत चाहिँ अति गम्भीर अवस्थामा रहे र दुबै गरी झण्डै १९ प्रतिशतलाई अस्पतालमा राखी सघन उपचार कक्ष (आइसियु) मा राखी वा भ्यान्टिलेटर (कृत्रिम श्वासप्रश्वास गराउने मेशिन) मा राखी उपचार गर्नुपर्ने भयो । मृत्यु हुनेहरुमा त्यही १९ प्रतिशतभित्र पर्ने बिरामीहरु नै अत्यधिक रहेका छन् । (हेर्नुहोस् : लस एन्जेलस टाइम्स टुडे, मार्च १६, २०२०)

हालसम्म प्राप्त विश्वभरिको प्रतिवेदनमा कोरोनाको संक्रमणबाट गम्भीर बिरामी भई अस्पतालको सघन उपचार कक्ष तथा भ्यान्टिलेटरमा राखी उपचार गर्नुपरेका र तिनीहरुमध्ये मृत्यु हुने गरेकाहरु कि उमेर धेरै (७०–८० वर्षभन्दा बढी) भएकाहरु कि त यसअघिदेखि नै फोक्सो, मुटु, मृगौला वा क्यान्सर रोगबाट पीडित हुँदै आएका बिरामीहरु रहेको उल्लेख छ । यसको अर्थ जसको शरीरमा रोग प्रतिरोधी प्रणाली कमजोर अवस्थामा छ, तिनीहरु नै कोरोनाको संक्रमणबाट बढी गम्भीर भई मृत्युको मुखमा पर्ने गरेका छन् ।


तथ्याङ्कले कोरोनाबाट संक्रमितहरुमध्ये बढीमा झण्डै १९ प्रतिशत बिरामीहरुलाई निदानको औषधी नभई बचाउन कठिन पर्ने देखियो । तर, हालसम्म निदानको कुनै औषधी विश्वमा विकसित गर्न सकिएको छैन । यसैबीच उपचारमा लागेका केही डाक्टर–वैज्ञानिकहरुले अहिलेसम्म अन्य भाइरसबाट लाग्ने रोगबिरुद्ध प्रयोग गरिँदै आएका केही औषधीहरुलाई परीक्षणको रुपमा कोभिड–१९ का बिरामीहरुमा पनि प्रयोग गरेका छन् ।


तथ्याङ्कले कोरोनाबाट संक्रमितहरुमध्ये बढीमा झण्डै १९ प्रतिशत बिरामीहरुलाई निदानको औषधी नभई बचाउन कठिन पर्ने देखियो । तर, हालसम्म निदानको कुनै औषधी विश्वमा विकसित गर्न सकिएको छैन । यसैबीच उपचारमा लागेका केही डाक्टर–वैज्ञानिकहरुले अहिलेसम्म अन्य भाइरसबाट लाग्ने रोगबिरुद्ध प्रयोग गरिँदै आएका केही औषधीहरुलाई परीक्षणको रुपमा कोभिड–१९ का बिरामीहरुमा पनि प्रयोग गरेका छन् । बिबिसिका अनुसार (अप्रिल २, २०२०) इङ्गल्यान्ड र स्कटल्यान्डका डाक्टरहरुले कोरोना संक्रमितहरुमध्ये केही सानो सङ्ख्याका बिरामीहरुमा रेम्डेजिभिर (remdesivir)  नामक भाइरसबिरुद्धको औषधी परीक्षणको रुपमा प्रयोग गरेका छन् । यो औषधी सुरुमा इबोला (सन् २०१४ मा पश्चिम अफ्रिकामा महामारीको रुप लिई ११ हजार मानिसहरुको ज्यान लिएको) भाइरसका लागि विकसित गरिएको थियो, जुन पछि थुप्रै अन्य प्रकारका भाइरसबिरुद्ध पनि उपयोगी देखिएको पुष्टि भएको थियो । यस्तो परीक्षण प्रयोग चीन र अमेरिकाले पनि गरेका थिए । तर, ती परीक्षणहरुले भरपर्दो नतिजा दिन नसकेको समाचार छ । समाचार अनुसार उल्लेखित औषधीले बिरामीको रक्तनलीमा हुने प्याथोजन (कोरोनाभाइरस) को मात्रा कम गर्न नसक्ने देखिएको छ ।

त्यस्तै गरी प्रयोगकै क्रममा डाक्टरहरुले एचआइभि एड्सका लागि प्रयोग गरिँदै आएको औषधी लोपिनभिर र रिटोनभिर (lopinavir and ritonavir) लाई पनि कोरोनाभाइरसबिरुद्ध प्रयोग गर्दा प्रभावकारी हुने आशा गरेका थिए । तर, त्यसको परीक्षणमा सकारात्मक तथ्याङ्क नआएको बिबिसिले जनाएको छ । प्रयोगको दौडमा औलो (malaria)  को उपचारमा प्रयोग गरिँदै आएको औषधी क्लोरोक्विन (chloroquine) लाई पनि प्रयोगशालामा परीक्षण गरी हेरियो । यस औषधी कोभिड–१९ को उपचारमा सहयोगी हुन सक्ने केही आधार रहेको डाक्टरहरुको कथन रहेको थियो । सायद यही कारणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यो औषधी प्रयोग गर्ने जीकिर गरेका होलान् । तर, विश्व स्वास्थ्य संगठनले क्लोरोक्विन औषधी कोभिड–१९ को उपचारका लागि प्रभावकारी हुने कुरामा कुनै निश्चित प्रमाणहरु नभएको बताएको छ । पछिल्लो समाचारमा अमेरिकी डाक्टरहरुले उक्त औषधीको प्रयोगले बिरामीलाई मृत्युको मुखबाट फुत्काउन नसकेको नतिजा पाएको बताएका छन् ।

निदानको औषधी आविष्कार हुने आशा

चिनीया मूलका दक्षिण अफ्रिकी अमेरिकी वैज्ञानिक प्रो.डा. पाट्रिक सून–शियोङ्गले वैज्ञानिकहरुले कोरोनाभाइरसबिरुद्धको उपचारका लागि उपयुक्त औषधी निकट भविष्यमै आविष्कार गर्ने आशा गरेका छन् । उनका अनुसार कोभिड–१९ मा नोभल भाइरस कसरी मानिसको फोक्सोमा गई त्यहाँको वायुथैलीका कोषहरु (alveoli cells) मा प्रवेश गर्छन् भन्ने कुरा वैज्ञानिकहरुलाई राम्ररी नै थाहा भइसक्यो ।


वायुथैलीका कोषहरुमा फोक्सोका तन्तुहरुमा चोटपटक लाग्दा तिनीहरुलाई मर्मत गर्नका लागि बनेका कोषीय अङ्ग एस–२ रिसेप्टरहरु रहेका हुन्छन् । कोभिड–१९ ल्याउने नोभल कोरोनाभाइरसले ती कोषीय अङ्गहरुलाई नै कोषभित्र छिर्नका लागि  द्वारको रुपमा प्रयोग गर्छन् । र, तिनीहरुले कोषभित्र छिरिसकेपछि त्यहाँ रहेको गोल्गीबडी भन्ने एक महत्वपूर्ण कोषीय अङ्गलाई अपरहण गरेर त्यसभित्र आफ्नो आरएनए आनुवंशिक पदार्थ खन्याउँछन् । त्यसपछि तिनीहरुले त्यस गोल्गीबडी अङ्गलाई हजारौं प्रतिलिपि आरएनए आनुवंशिक पदार्थ उत्पादन गर्ने तथा तिनीहरुलाई पुनः चिल्लो आवरणले ढाकी (repackaging गरी)  हजारौं पूर्ण विकसित नोभल कोरोनाभाइरस बनाउने कारखानाको रुपमा बदलिदिन्छन् ।


डा. पाट्रिकका अनुसार वायुथैलीका कोषहरुमा फोक्सोका तन्तुहरुमा चोटपटक लाग्दा तिनीहरुलाई मर्मत गर्नका लागि बनेका कोषीय अङ्ग एस–२ रिसेप्टरहरु रहेका हुन्छन् । कोभिड–१९ ल्याउने नोभल कोरोनाभाइरसले ती कोषीय अङ्गहरुलाई नै कोषभित्र छिर्नका लागि  द्वारको रुपमा प्रयोग गर्छन् । र, तिनीहरुले कोषभित्र छिरिसकेपछि त्यहाँ रहेको गोल्गीबडी भन्ने एक महत्वपूर्ण कोषीय अङ्गलाई अपहरण गरेर त्यसभित्र आफ्नो आरएनए आनुवंशिक पदार्थ खन्याउँछन् । त्यसपछि तिनीहरुले त्यस गोल्गीबडी अङ्गलाई हजारौं प्रतिलिपि आरएनए आनुवंशिक पदार्थ उत्पादन गर्ने तथा तिनीहरुलाई पुनः चिल्लो आवरणले ढाकी (repackaging गरी)  हजारौं पूर्ण विकसित नोभल कोरोनाभाइरस बनाउने कारखानाको रुपमा बदलिदिन्छन् । यही विज्ञानलाई पक्री वैज्ञानिकहरुले कोभिड–१९ को औषधी बनाउन सक्ने डा. पाट्रिकको तर्क रहेको छ ।

डा. पाट्रिकका अनुसार कोभिड–१९ को औषधी निर्माणको पहिलो अवधारणा भनेको एस–२ रिसेप्टरलाई नोभल कोरोनाभाइरस भित्रीनबाट रोक्न सक्ने बनाउने हो । यस्तो कार्य गर्न सक्नेमा उनी आशावादी छन् । किनकि, उनका अनुसार वर्तमानको विज्ञान र प्रविधि धेरै उच्च तहमा पुगिसकेका छन् । यस क्षेत्रमा विकसित भएका आनुवंशिक चित्र चिन्ने सामर्थ्य (power genomic), अति क्षमतावान कम्प्युटरको सामर्थ्य (power of supercomputing)  र प्रोटिन पोको पार्ने सामर्थ्य (power of protein folding)  बाट एस–२ रिसेप्टरको व्यवहारलाई राम्ररी चिन्ने प्रक्रिया सुरु भइसकेको डा. पाट्रिक बताउँछन् । उनका अनुसार यो जटिल विज्ञान अहिले विश्वभरका वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् ।

औषधी निर्माणको अर्को अवधारणा र रणनीति भनेको नोभल कोरोनाभाइरसलाई फोक्सोको वायुकोषभित्र आफ्ना प्रतिलिपि भाइरसहरु बनाउन अक्षम बनाउने हो भन्ने कुरा डा. पाट्रिक बताउँछन् । उनका अनुसार यो कार्य गर्न सकिन्छ । किनकि, उनका अनुसार वैज्ञानिकहरुलाई भाइरसले गोल्गिबडी अङ्गलाई कसरी आफ्ना प्रतिलिपि उत्पादन गर्नमा प्रयोग गर्छ भन्ने विज्ञान थाहा भइसकेको छ ।

डा. पाट्रिकले औषधी निर्माणको तेश्रो रणनीति भनेको कोरोनाभाइरस फोक्सोभित्रको वायुकोषभित्र प्रवेश गरिसकेपछि त्यसलाई कोषीय अङ्ग गोल्गीबडिमा आफ्ना आरएनए आनुवंशिक पदार्थ पोख्न नदिने तथा त्यसलाई प्रतिलिपि भाइरसहरु बनाउन नदिने हो भनेका छन् । यसबारेमा चीनमा धेरै अध्ययन भइसके पनि यो विज्ञानबारे अझै वैज्ञानिकहरुसँग थोरै मात्र ज्ञान भएको उनी बताउँछन् ।


डा. पाट्रिकले औषधी निर्माणको तेश्रो रणनीति भनेको कोरोनाभाइरस फोक्सोभित्रको वायुकोषभित्र प्रवेश गरिसकेपछि त्यसलाई कोषीय अङ्ग गोल्गीबडिमा आफ्ना आरएनए आनुवंशिक पदार्थ पोख्न नदिने तथा त्यसलाई प्रतिलिपि भाइरसहरु बनाउन नदिने हो भनेका छन् । यसबारेमा चीनमा धेरै अध्ययन भइसके पनि यो विज्ञानबारे अझै वैज्ञानिकहरुसँग थोरै मात्र ज्ञान भएको उनी बताउँछन् ।


औषधी निर्माणको चौथो उपायको रुपमा शरीरमा प्रवेश गरेका कोरोनाभाइरसलाई प्राकृतिक रुपमै सखाप पार्न रोग प्रतिरोधी प्रणालीमा बाहिरी हानिकारक जीवाणुहरुलाई मार्न सेनाको रुपमा काम गर्ने ‘टि’ कोष (‘टि’ सेल) प्रशस्त मात्रामा उत्पादन गर्न लिम्फोसाइट (सेता रक्त कोषहरु) लाई उत्तेजित बनाउनु हो । डा. पाट्रिकले यो कामका निम्ति उपयोगी औषधी निर्माणका लागि पनि अहिलेको विज्ञानसँग सामर्थता भएको बताएका छन् । तर, यी उल्लेखित सबै उपायहरुका लागि केही समय भने अवश्यै पर्खनुपर्ने उनी बताउँछन् । (हेर्नुहोस् : The science behind the coronavirus, youtube video series, Los Angeles Times)

कोरोनाभाइरसबिरुद्धको खोप (भ्याक्सिन)

अहिले रोगको प्रकोप विश्वव्यापी महामारीको रुपमा भएकोले रोग निदानको औषधीभन्दा पनि संक्रमणलाई फैलिन नदिन चाँडोभन्दा चाँडो खोप निर्माणमा धेरैको ध्यान खिचिएको छ । रोग निदानको औषधी र खोप दुई फरक कुरा हुन् । पहिलोले रोग लागेकाहरुलाई रोगबाट मुक्त गर्ने गर्छ भने दोश्रोले रोगै लाग्न नदिने अथवा संक्रमण नै हुन नदिने गर्दछ । विश्व स्वास्थ्य संगठनले संक्रमणलाई थप व्यापक हुन नदिनका निम्ति खोप निर्माण नहुँदासम्मका लागि सुरक्षाका उपायहरुलाई निरन्तरता दिइनै रहनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । उसले विश्वभरिका सयौं वैज्ञानिकहरु कोरोनाभाइरसबिरुद्धको खोप चाँडोभन्दा चाँडो निर्माण गर्नका लागि रातदिन खटिरहेको जनाएको छ ।

अहिले विश्वका ८० भन्दा बढी खोप निर्माण कम्पनीहरु कोरोनाभाइरसबिरुद्धको खोप निर्माणको होडमा लागेका छन्  (हेर्नुहोस् : theguardian.com, अप्रिल ६, २०२०) । तर, तीमध्ये धेरै थोरै कम्पनीहरु मात्र खोप मानव शरीरमा परीक्षण गर्ने चरणमा प्रवेश गरेका छन् । पहिलो मानव शरीरमा परीक्षण गत २०२० मार्च १६ मा अमेरिकामा, दोश्रो मार्च १७ मा चीनमा र तेश्रो हालसालै गत अप्रिल २३ तिर बेलायतमा भएको छ ।

Screen grab taken from video issued by Britain’s Oxford University, showing microbiologist Elisa Granato, being injected as part of the first human trials in the UK for a potential coronavirus vaccine, untaken by Oxford University, England, Thursday April 23, 2020. The first vaccine trial for COVID-19 Coronavirus have begun Thursday. (Oxford University Pool via AP) https://www.valleycentral.com

खोपले कसरी काम गर्छ?

खोपको सिद्धान्त भनेको हाम्रो शरीरमा बाहिरबाट रोग ल्याउने जीवाणु (एन्टिजीन) को प्रवेश हुँदा त्यसलाई नष्ट गर्नका लागि शरीरभित्रको रोगप्रतिरोधी प्रणालीलाई उत्तेजित पारी क्रियाशील बनाउने पदार्थ शरीरभित्र प्रतिस्थापन गर्नु हो । त्यो पदार्थ नै खोप हो ।

शरीरलाई बाहिरी जीवाणुहरुको आक्रमणबाट जोगाउनका लागि हाम्रो शरीरभित्र रोगप्रतिरोधी प्रणाली हुन्छ । त्यस प्रणालीमा हाम्रो रगतमा भएका सेता रक्तकोष, प्लाज्माकोष र सिङ्गो लिम्फ प्रणाली सहभागी भएका हुन्छन् । लिम्फ प्रणालीले सेता रक्तकोष र प्लाज्माकोषको उत्पादन एवं तिनीहरुलाई शरीरभरि डुलाउने काम गर्दछ ।


हाम्रो रोग प्रतिरोधी प्रणालीमा एन्टिबडिले एन्टिजीनलाई आकर्षित गरी त्यसलाई ध्वस्त बनाउने कार्य गर्ने गरी नियोजित भएको हुन्छ । सबै एन्टिजीन एकै खालका हुन्नन् । तर, हाम्रो रोग प्रतिरोधी प्रणालीमा यस्तो व्यवस्था छ, जसमा एन्टिजीन अनुसारको एन्टिबडि उत्पादन गर्ने क्षमता हुन्छ । त्यसैले शरीरमा रोगप्रतिरोधी प्रणाली सक्षम भएसम्म हामीलाई रोग लाग्ने सम्भावना कम हुन्छ । जब रोग प्रतिरोधी प्रणालीले बाहिरबाट प्रवेश हुने एन्टिजीन अनुसारको एन्टिबडि उत्पादन गर्न सक्दैन, तब हामी रोगी बन्छौं ।


हाम्रो शरीरमा रहने रोग प्रतिरोधी प्रणालीको विज्ञान अलि जटिल खालको छ । तर, सामान्य रुपमा भन्दा यस प्रणालीमा मूलतः विषाणुको रुपमा वाह्य जीवाणुको एन्टिजीन र हाम्रो शरीरभित्र उत्पन्न हुने एन्टिबडिबिचको लडाईं नै मुख्य विषयको रुपमा रहेको हुन्छ । शरीरमा वाह्य जीवाणुहरुको प्रवेश भएको सूचना प्राप्त हुनासाथ प्लाज्मा तथा सेता रक्तकोषले ती जीवाणुहरुको एन्टिजीनसँग लड्न एन्टिबडि उत्पादन गर्दछन् । एन्टिबडि अङ्ग्रेजी अक्षर Y को आकारमा रहेको प्रोटिन अणु हो । वास्तवमा एन्टिजीनहरु पनि सामान्यतः प्रोटिन तथा अन्य एमिनो एसिड सिक्रीहरुको संयुक्त अणुहरु हुन् । तर, तिनीहरुको रासायनिक संरचना विषको काम गर्ने किसिमले डिजाइन भएको हुन्छ ।  हाम्रो रोग प्रतिरोधी प्रणालीमा एन्टिबडिले एन्टिजीनलाई आकर्षित गरी त्यसलाई ध्वस्त बनाउने कार्य गर्ने गरी नियोजित भएको हुन्छ । सबै एन्टिजीन एकै खालका हुन्नन् । तर, हाम्रो रोग प्रतिरोधी प्रणालीमा यस्तो व्यवस्था छ, जसमा एन्टिजीन अनुसारको एन्टिबडि उत्पादन गर्ने क्षमता हुन्छ । त्यसैले शरीरमा रोगप्रतिरोधी प्रणाली सक्षम भएसम्म हामीलाई रोग लाग्ने सम्भावना कम हुन्छ । जब रोग प्रतिरोधी प्रणालीले बाहिरबाट प्रवेश हुने एन्टिजीन अनुसारको एन्टिबडि उत्पादन गर्न सक्दैन, तब हामी रोगी बन्छौं । खोपले गर्ने काम भनेको बाहिरबाट प्रवेश हुने एन्टिजीनसँग लड्ने एन्टिबडि पर्याप्त उत्पादन गर्न रोग प्रतिरोधी प्रणालीलाई उक्साइदिने वा क्रियाशिल बनाइदिने हो । जस्तो कि विफरको खोपले विफरको एन्टिजीनसँग लड्ने एन्टिबडि प्रशस्त उत्पादन गर्नका लागि  हाम्रो रोग प्रतिरोधी प्रणालीलाई उक्साइदिन्छ । फलस्वरुप विफरको जीवाणु हाम्रो शरीरमा प्रवेश गरिनै हाले पनि त्यसले रोग ल्याउनुपूर्व नै त्यसको एन्टिजीनलाई हाम्रो रोग प्रतिरोधी प्रणालीले उत्पादन गर्ने एन्टिबडिले सखाप बनाइदिन्छ । र, हाम्रो शरीरमा रोग लाग्न सक्दैन ।

कोरोनाभाइरसबिरुद्धको खोप कसरी बन्दैछन्?

परम्परागत रुपमा खोपको विकास सुरुमा जनावरको शरीरमा परीक्षण गरी त्यसले दिने नतिजा सकारात्मक देखिएपछि मात्र मानव शरीरमा चरणबद्ध रुपमा परीक्षण प्रयोग गरिन्थ्यो । यो प्रक्रियामा जाँदा खोप उत्पादन भई आम रुपमा मानव प्रयोगमा आउन कम्तिमा पनि १० वर्ष लाग्दछ । अहिले कोरोनाभाइरस विश्वको झण्डै सबै भूभागमा फैलिसकेको र यसले २ लाखभन्दा पनि ज्यादा संक्रमितहरुको ज्यान लिइसकेकोले खोप निर्माणको प्रक्रियालाई लामो समयको बाटोमा लैजानु उपयुक्त नहुने निष्कर्ष निकाली विश्वका खोप निर्माण कम्पनीहरुले खोपलाई सिधै मानव शरीरमा परीक्षण प्रयोग गरेका छन् । यो नितान्त नयाँ प्रयोग हो । सिधै मानवमा परीक्षण प्रयोग गर्नु भनेको ठूलो जोखिम उठाउनु हो, किनकि त्यस्तो परीक्षणले परीक्षणमा सहभागीहरुको ज्यान लिन पनि सक्छ । तर, तीव्र रुपमा फैलिरहेको अहिलेको महामारीलाई चाँडै रोक्नका लागि डाक्टर–वैज्ञानिकहरुसँग जोखिम उठाउनुको विकल्प पनि त छैन !


परम्परागत प्रक्रियामा जाँदा खोप उत्पादन भई आम रुपमा मानव प्रयोगमा आउन कम्तिमा पनि १० वर्ष लाग्दछ । अहिले कोरोनाभाइरस विश्वको झण्डै सबै भूभागमा फैलिसकेको र यसले २ लाखभन्दा पनि ज्यादा संक्रमितहरुको ज्यान लिइसकेकोले खोप निर्माणको प्रक्रियालाई लामो समयको बाटोमा लैजानु उपयुक्त नहुने निष्कर्ष निकाली विश्वका खोप निर्माण कम्पनीहरुले खोपलाई सिधै मानव शरीरमा परीक्षण प्रयोग गरेका छन् । यो नितान्त नयाँ प्रयोग हो । सिधै मानवमा परीक्षण प्रयोग गर्नु भनेको ठूलो जोखिम उठाउनु हो, किनकि त्यस्तो परीक्षणले परीक्षणमा सहभागीहरुको ज्यान लिन पनि सक्छ ।


अहिले परीक्षण प्रयोगको दौडमा रहेका खोप निर्माण सिद्धान्तहरु परम्परागत सिद्धान्तभन्दा भिन्न छ । परम्परागत सिद्धान्त अनुसार खोपका लागि जुन रोगको खोप निर्माण गर्नुपर्ने हो त्यही रोगको जीवाणुलाई कमजोर या निश्क्रिय रुपमा बदली खोप निर्माण गरिन्छ । त्यो खोप प्राप्त गरेपछि मान्छेको शरीरभित्रको रोगप्रतिरोधी प्रणालीले त्यसलाई वाह्य आक्रमणकारी तत्वको रुपमा चिन्दछ र त्यसबिरुद्ध लड्नका लागि स्थायी रुपमा त्यसको विपक्षी एन्टिबडी पदार्थहरु प्रशस्त मात्रामा उत्पादन गर्दछ । खोपमा रहेको रोगको जीवाणुले हाम्रो शरीरमा रोग ल्याउन सक्दैन, किनकि त्यो अत्यन्त कमजोर प्रकारको या निश्क्रिय प्रकारको हुन्छ । त्यसले केबल हाम्रो शरीरको रोगप्रतिरोधी प्रणालीलाई उत्तेजित पार्दछ । यही सिद्धान्तमा आधारित भई दादुरा, हाँडे एवं रुबेलाको खोप निर्माण गरिएको छ ।  तर, खोपको यो परम्परागत सिद्धान्तबाट नोवल कोरोनाभाइरसबिरुद्धको खोप निर्माण हुन नसक्ने वैज्ञानिकहरुको निष्कर्ष रहेको छ । त्यसैले यसका लागि वैज्ञानिकहरुले बिभिन्न नयाँ सिद्धान्तहरु बनाएका छन् र ती सिद्धान्तहरुको आधारमा नै अहिले नयाँ प्रकारका खोपहरु निर्माण गरी परीक्षण प्रयोगमा ल्याइरहेका छन् ।

ती नयाँ सिद्धान्तहरु केके हुन् त?

अहिले विश्वमा तीन फरकफरक सिद्धान्तका आधारमा नोवल कोरोनाभाइरसबिरुद्धका खोपहरु बनाई मानव परीक्षण प्रयोगमा ल्याइएका छन् ।

पहिलो सिद्धान्त

अमेरिकाको शियाटल शहरस्थित ‘कैजर परमानेन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिच्युट (केपिडब्लूएचआरआइ)’ मा अमेरिकाको अर्को शहर बोस्टनमा अवस्थित मोडर्ना थेराप्युटिक्स नामको जैवप्रविधि कम्पनीले गत मार्च १६, २०२० मा पहिलोपटक मानवमा सिधै परीक्षण प्रयोग गरेको कोरोनाभाइरस बिरुद्धको खोप नयाँ सिद्धान्तमा आधारित पहिलो खोप हो । त्यो खोप कोरोनाभाइरसबिरुद्ध बनाइएको पहिलो खोप पनि हो । त्यो खोप परम्परागत सिद्धान्तमा जस्तै कोभिड–१९ कै कुनै कमजोर वा निश्क्रिय भाइरसलाई खोप वाहकको रुपमा प्रयोग नगरी कोरोनाभाइरसको बाहिरी सतहमा हुने प्रोटिन रिसेप्टरमा हुने आनुवंशिक पदार्थको समानमा विज्ञान प्रयोगशालामा अर्को कृत्रिम रिसेप्टर निर्माण गरी बनाइएको थियो । त्यो पदार्थलाई एमआरएनए–१२७३  (mRNA-1273) भनिएको छ ।

यस नयाँ खोप सिद्धान्तमा एमआरएनए–१२७३ पदार्थ वा अणुले शरीरभित्र प्रवेश गरेपछि शरीरका कोषहरुलाई भाइरसको रिसेप्टर समानका प्रोटिनहरुको उत्पादन गर्न निर्देशन दिन्छ । यसरी उत्पादित रिसेप्टरहरुका कारण यथार्थमा शरीर कोभिड–१९ बाट संक्रमित नभए पनि शरीर भित्रको रोग प्रतिरोधी प्रणाली सक्रिय हुन्छ । र, त्यही क्रममा कोभिड–१९ बिरुद्धका एन्टिबडिहरु उत्पादन हुने र पछि कुनै बेला आवश्यकता पर्नासाथ शरीरभित्र प्रशस्त मात्रामा तिनीहरु उत्पादन हुने गरी एउटा स्मृति सामर्थ्य प्रणालीको निर्माण हुन्छ । यही कारणले खोप लगाएको व्यक्तिको शरीरभित्र नोवल कोरोनाभाइरस प्रवेश हुने वित्तिकै त्यसले क्षति पुर्याउनुपूर्व नै त्यसलाई स्मृति सामर्थ्य प्रणालीले चिनेर त्यसबिरुद्धका एन्टिबडिहरु तत्काल प्रशस्त मात्रामा उत्पादन गर्न रोगप्रतिरोधी प्रणालीलाई निर्देश गर्दछ । त्यस अनुसार शरीरभित्र कोभिड–१९ बिरुद्धका एन्टिबडिहरु प्रशस्त मात्रामा उत्पादन भई तिनीहरुबाट नोवल कोरोनाभाइरसहरुको विनाश हुन पुग्छ र शरीर रोगग्रस्त हुनबाट जोगिन पुग्दछ । (हेर्नुहोस् : theguardian.com, मार्च १६, २०२०)

दोश्रो सिद्धान्त

नोवल कोरोनाभाइरसबिरुद्ध दोश्रो सिद्धान्तमा आधारित भई गत मार्च १७ मा चीनमा र अप्रिल २३ तिर बेलायतमा कोभिड–१९ को खोपको परीक्षण प्रयोग सिधै मानव शरीरमा गरिएको छ । यस सिद्धान्तमा पहिलो सिद्धान्तभन्दा भिन्न खोप वाहकका रुपमा नरम भाइरसलाई प्रयोग गरिएको छ । तर, परम्परागत सिद्धान्तमा झैं उही रोगका अर्थात् कोभिड–१९ कै नोवल कोरोनाभाइरसलाई चाहिँ होइन । यो खोप निर्माण गर्नका लागि वैज्ञानिकहरुले साधारण रुघाखोकी ल्याउने भाइरसलाई प्रभावहिन बनाई त्यसैलाई खोप वाहकको रुपमा प्रयोग गरेका छन् । त्यो भाइरसलाई एडेनोभाइरस (adenovirus)  भनिन्छ ।


नोवल कोरोनाभाइरसबिरुद्ध दोश्रो सिद्धान्तमा आधारित भई गत मार्च १७ मा चीनमा र अप्रिल २३ तिर बेलायतमा कोभिड–१९ को खोपको परीक्षण प्रयोग सिधै मानव शरीरमा गरिएको छ । यस सिद्धान्तमा पहिलो सिद्धान्तभन्दा भिन्न खोप वाहकका रुपमा नरम भाइरसलाई प्रयोग गरिएको छ । तर, परम्परागत सिद्धान्तमा झैं उही रोगका अर्थात् कोभिड–१९ कै नोवल कोरोनाभाइरसलाई चाहिँ होइन ।


दोश्रो सिद्धान्तमा आधारित भई चिनीया खोप निर्माण कम्पनी क्यानसिनोले चीनको ‘एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेज इन्स्टिच्युट अफ बायोटेक्नोलोजी’ सँगको सहकार्यमा गत मार्च १७ मा कोभिड–१९ को खोप निर्माण गरी सिधै मानव शरीरमा पहिलो चरणको परीक्षण प्रयोग गरेको थियो । त्यस कम्पनीले गत अप्रिल ९ मा दोश्रो चरणको परीक्षण प्रयोग तत्काल गर्ने घोषणा गरेको थियो । कोभिड–१९ को खोप परीक्षण प्रयोगको दोश्रो चरणमा प्रवेश गर्ने पहिलो कम्पनी चिनको क्यानसिनो भएको छ ।

क्यानसिनोले प्रयोग गरेको खोप वाहक भाइरस पाँचौं प्रकारको एडेनोभाइरस हो । त्यसैले यसलाई ‘एडेनोभाइरस टाइप–५’ (adenovirus type-5) भनियो । र, यो भाइरसमा आधारित भई बनाइएको खोपलाई Ad5-nCoV भनिएको छ । (हेर्नुहोस् : https://www.fiercepharma.com)

दोश्रो सिद्धान्तमा आधारित भई खोप बनाउन वैज्ञानिकहरुले कोरोनाभाइरसको बाहिरी सतहमा हुने प्रोटिनको (spike protein) निकाली मानिसलाई हानी नगर्ने भाइरसभित्र प्रवेश गराएका छन् । त्यसरी तयार गरिएको खोपलाई नै कोरोनाभाइरसबाट संक्रमित नभएका मानव शरीरमा प्रवेश गराइएको छ । यस खोप सिद्धान्त अनुसार खोप मानव कोषभित्र छिरिसकेपछि कोषभित्रको संयन्त्रले कोरोनाभाइरसको स्पाइक प्रोटिन उत्पादन गर्न थाल्दछ । फलस्वरुप शरीरभित्रको रोग प्रतिरोधी प्रणाली क्रियाशील हुन थाल्छ । त्यही क्रियाशीलताको कारणले नै टि–सेल (एक प्रकारको सेतो रक्तकोष) हरुले एन्टिबडिहरु उत्पादन गर्नुका साथै कोभिड–१९ रोगका नोवल कोरोनाभाइरसलाई पहिचान गर्ने सामर्थ्य प्रणालीलाई स्थायी रुपमा नै स्थापित गर्छन् । यस्तो सामर्थ्य सिर्जना भइसकेपछि अब खोप लगाइएको मानिस केही गरी नोवल कोरोनाभाइरसको सम्पर्कमा आई तिनीहरु शरीरभित्र प्रवेश गरेमा तत्काल तिनीहरुलाई रोग प्रतिरोधी प्रणालीले पहिचान गरी तिनीहरुबिरुद्ध लडाईं गर्ने एन्टिबडिहरु प्रशस्त मात्रामा उत्पादन गर्न टि–सेलहरुलाई निर्देशन दिन्छ । यही निर्देशन अनुसार टि–सेलहरुले एन्टिबडिहरु उत्पादन गरी रोगले असर गर्नुपूर्व नै नोवल कोरोनाभाइरसहरुको विनाश गर्छन् ।


भर्खरै गत अप्रिल २३ तिर बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको परीक्षणमा प्रयोग भएको खोप सिद्धान्त पनि चिनीया वैज्ञानिकहरुको खोप सिद्धान्तकै समान छ । अर्थात्, उनीहरुले पनि खोप वाहकको रुपमा नरम वा हानिकारक नभएको भाइरसलाई प्रयोग गरेका छन् । तर, त्यो नरम भाइरस अर्थात् एडेनोभाइरस चिनीया वैज्ञानिकहरुले प्रयोग गरेझैं मानिसमा नभई चिम्पाञ्जीमा रुघाखोकी ल्याउने भाइरस हो ।


भर्खरै गत अप्रिल २३ तिर बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको परीक्षणमा प्रयोग भएको खोप सिद्धान्त पनि चिनीया वैज्ञानिकहरुको खोप सिद्धान्तकै समान छ । अर्थात्, उनीहरुले पनि खोप वाहकको रुपमा नरम वा हानिकारक नभएको भाइरसलाई प्रयोग गरेका छन् । तर, त्यो नरम भाइरस अर्थात् एडेनोभाइरस चिनीया वैज्ञानिकहरुले प्रयोग गरेझैं मानिसमा नभई चिम्पाञ्जीमा रुघाखोकी ल्याउने भाइरस हो । परीक्षणमा बेलायती वैज्ञानिकहरुले चिम्पाञ्जीमा रुघाखोकी ल्याउने भाइरसलाई नै प्रयोगशालामा जैविक रुपमा परिमार्जित गरी नोवल कोरोनाभाइरस बिरुद्धको खोप वाहक बनाई प्रयोग गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले बनाएको यस खोपलाई ChAdOx1 nCoV-19 नाम दिइएको छ । (हेर्नुहोस्: https://www.bloombergquint.com)

तेश्रो सिद्धान्त

अमेरिकाको मेरिल्यान्डमा अवस्थित खोप निर्माण कम्पनी नोभाभाक्स (Novavax)  ले तेश्रो सिद्धान्तमा आधारित भई कोभिड–१९ को खोप निर्माण गर्ने प्रस्ताव गरेको छ । यस सिद्धान्त अनुसार खोप निर्माण गर्नका लागि माथि उल्लेखित दोश्रो सिद्धान्त अनुसार नै कोरोनाभाइरसको बाहिरी सतहमा हुने प्रोटिनको टुसा (spike protein) निकालिन्छ । तर, दोश्रो सिद्धान्तमा झैं यसमा त्यस टुसालाई कुनै भाइरसमा नभई कुनै व्याक्टेरियम वा इष्ट (ढुसी) कोष भित्रको आनुवंशिक अनुक्रमण (genome)  मा जैवरसायन तरिकामा टाँसिइन्छ (pasting)  र यसैलाई खोप वाहकको रुपमा प्रयोग गरिन्छ । खोप निर्माणको यो सिद्धान्त अहिले प्रस्तावितको रुपमा रहेको छ । खोप निर्माण भई परीक्षण प्रयोगको चरणमा पुगिसकेको छैन ।


दोश्रो सिद्धान्त अनुसार खोप निर्माण गर्ने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले भने आफूहरुले निर्माण गरेको खोप आगामी २०२० सेप्टेम्बर महिनाभित्र नै लाखौंको डोजमा उत्पादन हुने बताएका छन् । तर, उनीहरुको दावीलाई विश्व विज्ञान जगतले अहिले नै विश्वास लिएको छैन ।


खोप कहिलेसम्म तयार हुन्छ?

https://static.independent.co.uk

खोप निर्माण भई तीन चरणको परीक्षण प्रयोगपछि मात्र आम रुपमा प्रयोग गर्ने गरी खोप तयार हुन्छ । यही व्यवहारिकतालाई मध्यनजर गर्दा हरेक परीक्षणहरु आशातित रुपमा कुनै वेरोकतोक सफलतापूर्वक अगाडि बढेमा पनि आफूले तयार गरेको कोभिड–१९ को खोप आम प्रयोगका लागि कम्तिमा १८ महिना लाग्ने कुरो पहिलो सिद्धान्त अनुसार खोप निर्माण गर्ने अमेरिकी कम्पनी मोडर्नाले बताएको छ । तर, दोश्रो सिद्धान्त अनुसार खोप निर्माण गर्ने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले भने आफूहरुले निर्माण गरेको खोप आगामी २०२० सेप्टेम्बर महिनाभित्र नै लाखौंको डोजमा उत्पादन हुने बताएका छन् । तर, उनीहरुको दावीलाई विश्व विज्ञान जगतले अहिले नै विश्वास लिएको छैन । उता परीक्षणको दोश्रो चरणमा प्रवेश गरेका चिनीया वैज्ञानिकहरुले भने आफूहरुले निर्माण गरेको खोप आम प्रयोगका लागि सबभन्दा पहिले तयार हुने भनेर दावी गर्न नसकिने बताएका छन् ।

Title Photo: http://www.ox.ac.uk

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 2, 2020, 7:40 a.m. ramesh ghimire
    आवस्यक प्राय सुचनाको विश्लेषण छ । तर mortality को दरको सुचना अपुरो जस्तो लाग्यो । 4/5% mortality परीक्षण गरेका मध्ये होला । परीक्षण नभै निको हुनेको संख्या पनि धेरै होला । त्यसरी हेर्दा mortality धेरै कम हुन्छ होला । please make it clear तुलसी सर ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.