सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समुहबाट स्काईभेटरमा आगजनी

आइतबार, १८ भदौ २०७४, १३ : ५७
आइतबार, १८ भदौ २०७४

उदयपुर– बैकल्पीक लोकमार्ग अन्तर्गत उदयपुर खण्डमा पार्किङ्ग गरिराखिएको एक स्काईभेटर (बाटो खन्ने मेसिन) मा आगजनी भएको छ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक निर्माणमा प्रयोग गरिएको स्काईभेटर उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ७ कालिखोलामा आगजनी भएको हो ।
सडक निर्माणको जिम्मा पाएको जेड आईइसि–शर्मा लामा जेभिको बा २ क ६५५७ नम्वरको स्काईभेटर आगो लागेको अवस्थामा फेला परेको उदयपुर प्रहरीले जनाएको छ । उदयपुरको कटारी गाईघाट सडक खण्डमा काम गरेर पार्किङ्ग गरेको मेसिन आईतबार विहान जलाएको अवस्थामा भेटिएको निर्माण कम्पनीले बताएको छ । घटनास्थल सदरमुकाम गाईघाटबाट ८ किलोमिटर तथा इलाका प्रहरी कार्यालय जलजलेबाट ५ किलोमिटर दुरीमा पर्दछ । करिव १ करोड मुल्यभन्दा माथि पर्ने स्काईभेटर कामनै नलाग्ने गरी जलाइएको सहायक प्रजेक्ट मेनेजर छिरिङ्ग शेर्पाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप