नाबालिग हत्या आरोपमा आमाछोरी पक्राउ
सोमबार, १७ वैशाख २०८१, ११ : ४१
काठमाडौँ । सिरहाको सिरहा नगरपालिका–१८ जरुवा स्थित लक्ष्मीनिया टोलबाट प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४७ वर्षीया सोना देवी यादव र पूजा कुमारी यादव छन् ।
रमेश यादवको ३ वर्षीया छोरी रिया कुमारी यादवलाई हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सिराहाका एसपी सन्तोष आचार्यले रातोपाटीलाई बताए ।
पक्राउ परेका सोना देवी र पूजा कुमारी आमा छोरी हुन् । डेढ वर्षअघिको विवादलाई लिएर आमा छोरी मिलेर बालिकाको हत्या गरेका हुन् । सडकमा खेलिरहेकी रियालाई बिस्कुट दिएर घरमा ल्याएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपी र मृतकका बुवा आमा छिमेकी हुन् । आरोपीहरू विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण