बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाबालिग हत्या आरोपमा आमाछोरी पक्राउ

सोमबार, १७ वैशाख २०८१, ११ : ४१
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । सिरहाको सिरहा नगरपालिका–१८ जरुवा स्थित लक्ष्मीनिया टोलबाट प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४७ वर्षीया सोना देवी यादव र पूजा कुमारी यादव छन् ।

रमेश यादवको ३ वर्षीया छोरी रिया कुमारी यादवलाई हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सिराहाका एसपी सन्तोष आचार्यले रातोपाटीलाई बताए ।

पक्राउ परेका सोना देवी र पूजा कुमारी आमा छोरी हुन् । डेढ वर्षअघिको विवादलाई लिएर आमा छोरी मिलेर बालिकाको हत्या गरेका हुन् । सडकमा खेलिरहेकी रियालाई बिस्कुट दिएर घरमा ल्याएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपी र मृतकका बुवा आमा छिमेकी हुन् । आरोपीहरू विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप