गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
पर्सा । काठमाडौँको गोठाटार घटनाका मुख्य आरोपी बब्लु पासवानमाथि प्रहरीले गोली चलाएको छ । आइतबार राति पर्साको वीरगन्जमा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली उनको देब्रे खुट्टामा लागेको छ भने उनलाई उपचारका लागि प्रहरीले नारायणी अस्तालमा लगिएको छ ।
पर्साका एसपी कुमोध ढुंगेलले चेकजाँचका क्रममा उनी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको जानकारी दिए । उनको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा २०७९ असोजमा गोली प्रहारबाटमोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । यो घटनाका उनी मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ ।
उक्त घटनामा मोहम्मतको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो भने उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका थिए भने घरमा पुग्नै लाग्दा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेका थिए ।
जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनलाई रातिको समयमा बा६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ दुई जनाले गोली हानेका थिए । उक्त घटनामा त्यतिबेलै प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपनि भारतीय नागरिक बब्लु पासवान भने फरार रहँदै आएका थिए ।
उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहँदै आएका थिए । बब्लु पासवान भारतको रक्सौलका भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण