मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो

आइतबार, १६ वैशाख २०८१, २३ : ३८
आइतबार, १६ वैशाख २०८१

पर्सा । काठमाडौँको गोठाटार घटनाका मुख्य आरोपी बब्लु पासवानमाथि प्रहरीले गोली चलाएको छ । आइतबार राति पर्साको वीरगन्जमा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीमाथि प्रहरीले गोली चलाएको हो ।  प्रहरीले चलाएको गोली उनको देब्रे खुट्टामा लागेको छ भने उनलाई उपचारका लागि प्रहरीले नारायणी अस्तालमा लगिएको छ । 

पर्साका एसपी कुमोध ढुंगेलले चेकजाँचका क्रममा उनी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको जानकारी दिए । उनको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा २०७९ असोजमा गोली प्रहारबाटमोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । यो घटनाका उनी मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ । 
उक्त घटनामा मोहम्मतको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो भने उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 

गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका थिए भने घरमा पुग्नै लाग्दा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेका थिए । 

जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनलाई रातिको समयमा बा६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ दुई जनाले गोली हानेका थिए । उक्त घटनामा त्यतिबेलै प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपनि भारतीय नागरिक बब्लु पासवान भने फरार रहँदै आएका थिए । 

उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहँदै आएका थिए ।  बब्लु पासवान भारतको रक्सौलका भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप