शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह

सोमबार, १७ वैशाख २०८१, १९ : २६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरूसँग आग्रह गरेका छन् । सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री लामिछानेले लगानीकर्ताहरूको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे । उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरू रहेको उल्लेख गर्दै सरकार लगानी कर्ताहरूको सुरक्षाका लागि सबै किसिमबाट प्रतिबद्ध रहेको बताए । 

उपप्रधानमन्त्री लामिछानेले जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि बताए । उनले वन लगायतका विभिन्न समस्याहरूमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताए । उनले नेपालका पर्यटन, विद्युत्, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरूसँग आग्रह गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप