नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरूसँग आग्रह गरेका छन् । सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री लामिछानेले लगानीकर्ताहरूको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे । उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरू रहेको उल्लेख गर्दै सरकार लगानी कर्ताहरूको सुरक्षाका लागि सबै किसिमबाट प्रतिबद्ध रहेको बताए ।
उपप्रधानमन्त्री लामिछानेले जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि बताए । उनले वन लगायतका विभिन्न समस्याहरूमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताए । उनले नेपालका पर्यटन, विद्युत्, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरूसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण