रास्वपाले भन्यो– उपविजेतामा सीमित हुनुपर्ने हो कि जस्तो देखियो
विराटनगर । इलाम–२ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई अपेक्षित मत नआएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ । रास्वपा इलामका नेता सन्तोष श्रेष्ठले आफ्नो पार्टीले अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याएको भएपनि अपेक्षित मत भने आउन नसकेको बताए ।
‘हामीले अघिल्लो निर्वाचनमा मत खसेकै थिएन । अहिले उल्लेखनीय खसेको छ,’ उनले भने, ‘देउमाई र इलाम नगरपालिकाको मत गणना सुरु भएपछि अगाडि आउँछौँ होला ।’ मत परिणामलाई स्वीकार गर्दै आगामी दिनमा जनताको माझमा जाने उनले बताए ।
उनले चारवटा वडाको मत परिणाम हेर्दा आफ्नो उम्मेदवार उपविजेता हुने हो कि जस्तो देखिएको बताए । ‘अहिलेको मत परिणामलाई हेर्ने हो भने उपविजेतामा सीमित हुनुपर्ने हो कि जस्तो देखियो । तर, अहिले नै निराश हुनुपर्ने अवस्था छैन,’ उनले भने, ‘एउटा पालिकाको ४ वटा वडाको मात्रै परिणाम आएको हो । धेरै मतदाता भएको ठाउँको मतगणना भएकै छैन । हामीलाई हाम्रा साथीहरूले दिएको रिपोर्ट अनुसार कमी भएको मतलाई फुलफिल गरेर अगाडि बढ्छौँ भन्ने छ । हामीले जति अपेक्षा गरेका थियौँ । त्यो कम छ ।’ उनले फाकफोकथुमबाट धेरै मत आउने अपेक्षा पनि नगरेको बताए । ‘पुराना पार्टीहरूको संगठन र विरासत रहेको ठाउँमा यति मत आउनु नै हाम्रो लागि ठुलो कुरा हो,’ उनले भने ।
इलाम २ को फाकफोकथुमको ४ वटा वडाको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा छन् ।
सुहाङले २ हजार ५४२ पाएका छन् भने कांग्रेस उम्मेदवार डम्बर खड्काको २ हजार १९७ मत पाएका छन् । यस्तै पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५९३ भोट ल्याउँदा रास्वपाका मिलन लिम्बूले ३७९ भोटका साथ चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण