शिक्षा सचिव अधिकारीले पाए अवकाश
सोमबार, १७ वैशाख २०८१, १९ : ०४
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) सुरेश अधिकारीले अवकाश पाएका छन् । ५ वर्ष सचिवका रूपमा काम गरेका अधिकारीले सोमबारदेखि अवकाश पाएका हुन् ।
काम सचिवको रूपमा काम गर्दागर्दै २०७६ वैशाखमा सचिवमा बढुवा भएका थिए । अवकाश पाएका सचिव अधिकारीको सोमबार बिदाइ गरिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठ सहित मन्त्रालयका अधिकारीहरूले उनको बिदाइ गरेका हुन् ।
सचिव अधिकारीसँगै सह–सचिव भोजराज काफ्लेले समेत अवकाश पाएका छन् । उनको समेत बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा मन्त्री श्रेष्ठले उनीहरूको अनुभव र विज्ञतामा आधारित योगदान मन्त्रालयलाई प्राप्त हुने अपेक्षा रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण