काठमाडौँ र ललितपुरमा एकै दिन चोरी
सोमबार, १७ वैशाख २०८१, १४ : ३५
काठमाडौँ । आइतबार काठमाडौँ र ललितपुर जिल्लामा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-७ चाबहिल शान्तिगोरेटो डेरा गरी बस्ने दोलखा कालिन्चोक गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सरस्वती खड्काको कोठामा चोरी भएको हो ।
आइतबार दिउँसो ढोकाको ताला फोडेर धनमाल चोरी भएको थियो । कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनको विभिन्न गहना गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
यता ललितपुरको महालक्ष्मी नगरपालिका-५ सिद्धार्थ टोल बस्ने ४० वर्षीय सानो लामाको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर नगद २० हजार रुपैयाँ तथा सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ९९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण