शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दिवेशलाई अमेरिकामा जिताउन नेपालमा प्रचार (फोटोफिचर)

शनिबार, २७ वैशाख २०७७, ०९ : ४५
शनिबार, २७ वैशाख २०७७

काठमाडौँ । नेपालका दिवेश पोखरेल ‘अर्थर गन’ यतिबेला चर्चामा छन् । कारण उनी चर्चित रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् ।

काठमाडौँका स्थायी वासिन्दा रहेका पोखरेलले हासिल गरेको सफलताबाट उनको परिवार र टोलवासी पनि हर्षित् हुने नै भए । त्यही भएर प्रतियोगितामा पोखरेललाई विजयी बनाउन उनको टोलबासी यतिबेला प्रचारमा जुटेका छन् । शनिबार पोखरेललाई भोट गर्न अपिल गर्दै प्लेकार्ड बोकेर उनीहरु कलंकीको सडकमा ओर्लिएका थिए ।

नेपालबाट औपचारिकरुपमा पोखरेललाई भोट गर्न नमिले पनि भीपीएनको प्रयोग गर्न भोट गर्न भने सकिन्छ । नेपाली मूलका प्रशान्त तामाङलाई इन्डियन आइडलमा जिताएको नेपालीले अर्थर गनलाई अमेरिकन आइडलमा जिताउन सक्छन् कि सक्दैनन् भने हेर्न बाँकी छ ।

आइतबार प्रयोगिताको टप ७ छानिने छन् भने आगामी मे १७ मा नयाँ अमेरिकन आइडल छानिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप