शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डक नहरमा भारतले पानी नछाड्दा पावर हाउसमा विद्युत उत्पादन शुन्य : प्रतिदिन ७ लाख २० हजार घाटा

मङ्गलबार, ३० वैशाख २०७७, १० : ३२
मङ्गलबार, ३० वैशाख २०७७

परासी । भारतीय पक्षले गण्डक नहरमा समयमै पानी नछोडेपछि पावर हाउसले प्रतिदिन ७ लाख २० हजार रुपैया घाटा व्यहो¥दै आएको छ । गण्डक नहरसहित भारतीय नहरमर्मत तथा सरसफाइका लागि भारतीय पक्षले एक महिनामात्र नहरमा पानी बन्द गर्ने कार्यतालिका रहेपनि अहिलेससम्म नहरमा पानी नछोडेपछि नवलपरासीको गण्डक जलविद्युत केन्द्रले प्रतिदिन ७ लाख २० हजार रुपैयाँ घाटा व्यहो¥दै आएको जनाएको छ ।

१५ मेगावाट क्षमता रहेको उक्त विद्युत उत्पादन गृहमा प्रतिघण्टा ३ मेगावाट विद्युत उत्पादन हुदै आएको थियो तर पावर हाउसले समयमा पानी नपाएपछि यतिबेला उत्पादन नै शुन्यमा झरेको छ । देश लकडाउनले सबै नागरिकहरु घरमै बसेका कारण जिल्लामा विद्युत खपत बढदै गएको छ तर पावर हाउमा उत्पादन भने शुन्यमा झरेको छ ।

नेपाल भारत गण्डक सम्झौताअनुसार नहर मर्मत तथा सरसफाइका भारतीय पक्षले वर्षको दुई पटक एक महिना नहरमा पानी बन्द गर्न पाउने प्रावधान रहेकाले उनीहरु गण्डक नहरमा पानी बन्द गर्दै आएका छन् । गण्डक नदीको कमाण्ड भारतीय सरकारको हातमा रहेकाले उनीहरु समयमा नहरमा पानी नछाड्दैनन् जसकारण विद्युत गृहलाई करोडौँ रुपैयाँ घाटा लाग्दै आएको छ । यसपटक नहरमा पानी शटडाउन २६ मार्चदेखि २५ अप्रिलसम्म अर्थात एक महिनासम्मको लागि मात्र थियो तर आज १७ दिन बढी भइसक्दा पनि भारतीय पक्षले अहिलेसम्म नहरमा पानी छाडेको छैन ।

यसरी पावर हाउसले १७ दिनसम्म कुल १ करोड २२ लाख ४० हजार रुपैया घाटा व्यहोरीरहेको पावर हाउसले जनाएको छ । अझै नहरमा पानी आएन भने यो घाटा दर बढदै जानेछ । पावर हाउसले नहरमा पानीको लागि पटक–पटक ताकेदा गर्दा पनि कुनै चाँसो देखाएको छैन ।

पावर हाउस जिल्लाको प्रतापपुर गाउँपालिका–७ सुर्यपुरामा स्थापित छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा ५÷५ मेगावाटको ३ वटा टरवाईन जडान गरिएको छ । तर टरवाईन नं. १ र २ बिग्रेर ध्वस्त भएको छ । टरवाईन नं. ३ बाट ५ मेगावाट विद्युत उत्पादन ठाउँमा नहरमा पानीको कमीले गर्दा प्रतिघण्टा ३ मेगावाट मात्र विद्युत उत्पादन हुने गरेको थियो छ । पावर हाउस मर्मतमा नेपाल सरकारले ध्यान नदिँदा पावर हाउस झनै बिग्रिदै उत्पादन घट्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप