गीतमा नालापानी–लिपुलेकको चर्चा
आइतबार, ०४ जेठ २०७७, १२ : १४
काठमाडौं । भारतले मिचेको नेपाली भूमिको विषय समेटिएर गीत संगीत निर्माण हुने क्रम बढ्दो छ ।
यस्तैमा गायक अस्मिन घिमिरेले पनि यहि विषयमा ‘मलाई नालापानी –लिपुलेक हेर्न मन छ’ बोलको गीत सार्वजनिक गरेका छन् ।
भिडियो सहित सार्वजनिक गीत समय सान्दर्भिक तथा देशभक्तीले ओतप्रोत छ । गीत पनि गायक घिमिरेले नै लेखेका हुन् ।
कपिल घिमिरेको संगीत, प्रकाश केसीको एरेन्ज रहेको गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा , शोभित बस्नेत, बद्री पगेनी, जयकिसन बस्नेत, जहान्वी बस्नेत, अर्जुन भुषाल, उत्सव अधिकारी, पुस्कर लामा, काब्य कार्की , दीपकराज पाठक, सुदीर नेपाल, कृष्ण भट्टराई, अस्मिन घिमिरे लगायतको अभिनय रहेको छ ।
भोला सुवेदी ‘प्रणव’को निर्देशन रहेको भिडियोमा राजीव बस्नेत र भोला सुवेदीको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा