खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद
कैलाली । धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिइएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ का नरेन्द्रसिंह महराले चलाइराखेको से१ख २०१० नम्बरको मिनिट्रकमा जाँचका क्रममा रु एक लाख १५ हजार ९२५ बराबरको १२६ पेटी रोज नामक मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
धनगढीबाट अत्तरियातर्फ गइरहेको अवस्थामा ट्रकलाई रोकी जाँच गर्दा मदिरा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको बताइएको छ । ट्रकसहित चालकलाई नियन्त्रणमा लिइ गाडी र मदिरा धनी धनगढी–१३ का दिनेश पन्तलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । बरामद मदिरा आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बुझाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी