शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा दुई दिनको अवधिमा २८ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, १० जेठ २०७७, ०९ : २५
शनिबार, १० जेठ २०७७

काठमाडौं । प्रदेश नम्बर २ को सर्लाहीमा दुई दिनको बीचमा २८ जना कोरोना संक्रमित फेला परेका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा शनिबार सर्लाहीको गडैता र कविलासीका थप १३ जनामा पुष्टि भएको हो । यसअघि शुक्रबार पनि गडैताका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार शनिबार सर्लाहीको गडैता र कविलासीका  १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सर्लाहीमा कोरोना संक्रमितको कूल संख्या ३२ पुगेको छ । 
यसैबीच शनिबार नै बाराको करैयामाईमा ३७ वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप