बेरोजगारलाई रोजगारी दिन बजेटमा यस्तो हुँदैछ व्यवस्था, श्रम बैंकमार्फत रोजगार सिर्जना गरिने
सरकारले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिने भएको छ । बजेट सार्वजनिक हुन अब २ दिन बाँकी हुँदा अर्थ मन्त्रालय बजेट निर्माणको अन्तिम चरणमा पुगेको छ ।
अर्थ मन्त्रालयले रोजगार सिर्जनाका लागि विकास निर्माण, कृषि, शैक्षिक विकाससम्बन्धी काममा परिचालन गर्ने गरी बजेट तर्जुमा गर्दैछ । सरकारले नै त्यस्ता बेरोजगारको लागि सिप तथा तालिम दिने व्यवस्था मिलाउनेछ । रोजगारका लागि सरकारले कृषि, साना तथा मझौला उद्योग, व्यवसाय, निर्माण तथा सेवा क्षेत्रलाई सशक्त रुपले अगाडि बढाउने गरी बजेटमा व्यवस्था हुन लागेको हो ।
सरकारको नीति तथा कार्यक्रममा नै रोजगारी सिर्जना गरिने उल्लेख छ । कोरोना महामारीका कारण रोजगार गुमाएका श्रमिक तथा साना किसानका लागि रोजगार सम्बन्धी विशेष कार्यक्रम सञ्चालनका लागि बजेटमा व्यवस्था हुनेछ ।
‘चिनौं आफ्नो माटो बनाऔं आफ्नो देश'को नारालाई कार्यान्वयन गर्न स्नातकोत्तर युवालाई विकास निर्माण तथा शैक्षिक विकास सम्बन्धी कार्यक्रममा जोड दिइनेछ । संघ प्रदेश र स्थानीय तहको सहकार्यमा पारिश्रमिक सहितको जनसहभागिता र प्रविधि सहितको विकास निर्माणको कार्य स्थानीय तहमा सञ्चालन गरिनेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना हुँदै आए पनि यसपटक पनि सो कार्यक्रमले निरन्तरता पाउनेछ । स्रोतका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ सशक्त बनाएर अघि सार्न लागिएको छ । यसमार्फत् नै रोजगार सिर्जना हुने विश्वास पनि छ । ‘कोरोनाको बहुपक्षीय प्रभाव र नोक्सान छ, के राख्ने के नराख्ने निकै सकस अवस्थामा बजेट बन्दै छ’, एक अधिकारीले भने ।
अहिले झण्डै ४० लाख नेपाली विदेशी भूमिमा रहेको अनुमान छ । विश्वभर फैलिएको कोरोनाका कारण अर्थतन्त्र अस्तव्यस्त हुँदा करोडौँको रोजगार संकटमा परेको छ । विभिन्न देशहरुले कर्मचारीको व्यापक कटौती गरिरहेका छन् । कयौ नेपालीहरुले पनि ती देशमा रोजगारी गुमाइसकेका छन् ।
नेपालमै पनि होटल तथा रेष्टुरेन्ट व्यवसाय बन्द छ । हवाइ उडान प्रतिबन्ध छ । उद्योग कलकारखाना सहज रुपले खुल्न सकेका छैनन । यसबाट धेरैको रोजगारी प्रभावित बनेको छ ।
श्रम बैंक मार्फत रोजगार
सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै रोजगारीको समस्या समाधान गरिने भनेका थिए ।
अहिले ठुलो संख्यामा नेपाली घर फर्कन कुरिरहेको र ती बेरोजगारलाई कृषिमै लगाउन सकिने गरी व्यावसायीक कृषि खेतीमा जोड दिइने प्रधानमन्त्री ओलीले भनेका छन् ।
उनले भनेका छन्, ‘स्वदेशमा रोजगारको अवसर, विदेशमा रोजगार गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगार बिहीनलाई काम उपलब्ध गराइनेछ । यसको लागि सरकारले आवश्यक तालिम र सीपको व्यवस्था गरि दिनेछ । कृषि साना तथा मझौला उद्योग, व्यवसाय निर्माण तथा सेवा क्षेत्रमा स्वरोजगार सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको गन्तव्यमा अघि बढ्ने छौ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा अघि बढाइने पनि उनले बताएका छन् । सूचीकृत बेरोजगारलाई उपलब्ध रोजगारमा परिचालित गरिने र त्यस्ता बेरोजगारलाई स्थानीय तहले रोजगार सेवा केन्द्रमा दर्ता हुन सहजीकरण गर्ने पनि उनले बताएका छन् ।
प्रधानमन्त्रीले उठाएका यिनै विषयलाई नै कार्यान्वयन गर्ने गरी बजेट ल्याउन लागिएको अर्थमन्त्रालय स्रोतले बताएको छ ।
अर्थमन्त्रालयले सम्भव भए बुधबार साँझसम्म र त्यो सम्भव नभए बिहीबार (जेठ १५) गते बिहानै मुद्रणमा बजेट छपाइको लागि पठाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा