शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज– भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको निधन

बुधबार, १४ जेठ २०७७, ०९ : १२
बुधबार, १४ जेठ २०७७

२७ मे, सन् १९६४ मा स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको निधन भएको थियो । भारतमा संसदीय सरकार स्थापित गर्न र तटस्थ विदेश नीति अंगीकार गर्न सफल भएको र गान्धीकै आदर्श पछ्याएका कारण उनी निकै लोकप्रिय थिए । ११ पटकसम्म उनी नोबेल शान्ति पुरस्कारको मनोनयनमा परे, तर जित्न सकेनन् ।

नेहरु काश्मिरी पण्डित समुदायका हुन्, त्यसैले उनलाई पण्डित नेहरु पनि भनियो । त्यस्तै बालबच्चाहरुले उनलाई ‘चाचा नेहरु’ भनेर सम्बोधन गथ्र्यें । १५ अगस्ट १९४७ देखि आफ्नो मृत्यु हुँदासम्म उनी भारतको प्रधानमन्त्री रहे ।

नेहरुको मृत्युपछि पनि भारतको कांग्रेस पार्टी र सत्ता राजनीतिमा नेहरु परिवारको पकड कायमै रह्यो । उनकी छोरी इन्दिरा गान्धी र नाति राजीव गान्धी पनि कांग्रेस आईका तर्फबाट प्रधानमन्त्री बने । नातिनी बुहारी सोनिया गान्धी कंग्रेसको अध्यक्ष बनिन्  । सोनिया र स्वर्गीय राजीवका छोरा राहुल पनि पार्टी अध्यक्ष बने ।

सन् १९६२ – भारतीय क्रिकेट टिमका चर्चित खेलाडी रवि शास्त्रीको जन्म । शास्त्रीले १९८१ देखि १९९२ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेले । त्यसयता, कमेन्टेटर तथा भारतीय क्रिकेट टिमको प्रशिक्षक बनेका छन् ।

सन् ११९९– इङल्यान्डको राजाका रुपमा जोनद्वारा गद्दी आरोहण

सन् १९९७– अमेरिकाको टेक्सासमा आएका टोर्नाडोका कारण २८ को मृत्यु, ३० घाइते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप