बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ
बुधबार, १४ जेठ २०७७, ११ : ०५
कास्की । बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका बागलुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए ।
बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि थप जानकारी केहि समयपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिने बताए ।
यता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद विन्दु शर्माले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
यद्यपि थप विवरण आउन बाँकी रहेकाले विस्तृत बुझेर प्रेस नोट मार्फत जानकारी दिने उनको भनाइ छ । संक्रमण पुष्टि भएकाहरु अहिले क्वारेन्टाइनमा बसिरहेको बुझिएको छ ।
यसअघिका दुई संक्रमित निको भएर घर फर्किएको लामो समयपछि बागलुङमा नयाँ संक्रमित फेला परेका हुन् । यो सहित बाग्लुङमा संक्रमितको संख्या आठ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)