बलात्कार अभियोगमा मेलम्चीबाट एक जना पक्राउ
बुधबार, १४ जेठ २०७७, १४ : १६
काठमाडौं । बलात्कार आरोपमा सिन्धुपाल्चोकको मेलम्चीबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुष छन् । उनले आफ्नै १८ वर्षीय छोरीविरुद्ध पटक पटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
छोरीमाथि बाबुले नै बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीको आधारमा उनलाई बुधबार पक्राउ गरेर थप अनुसन्धान भइरहेको तामाङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा