केन्द्रीय संस्करण

प्रदेश २ ले माग्यो केन्द्रसँग राहत प्याकेज

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0
फाइल तस्विर

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीका कारण यस प्रदेशमा सिर्जित संकट थेग्न गाह्रो भएको भन्दै विशेष सहयोग गर्नका लागि संघीय सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै मुख्यमन्त्री राउतले कोरोना परीक्षणका लागि दक्ष जनशक्ति तथा उपकरण सहित विशेष आर्थिक प्याकेज सहयोगको रुपमा उपलब्ध गराउन माग गरेका हुन् ।

भारतसँग खुला सीमाना तथा भारतमा रोजगारीमा रहेका करिब १० लाख युवाहरु फर्किने क्रम बढिरहेकाले प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै मुख्यमन्त्री राउतले जनाएका छन् । यसको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको स्रोत, साधन तथा जनशक्ति पर्याप्त नभएको भन्दै उनले संघीय सरकारसँग विशेष आर्थिक प्याकेज माग गरेका छन् ।

लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरेको पत्र मार्फत जानकारी दिँदै लकडाउन थपिदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यिक बनोट, मानव विकास सूचकांक र सामाजिक विकासको अवस्थाको आधारमा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण देखिएको उल्लेख छ । मुख्यमन्त्री राउतले संघीय सरकारका तर्फबाट ठोस कार्यक्रम ल्याउन समेत माग गरेका छन् ।

कोरोना परिक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा पीसीआर प्रयोगशाला सञ्चालन गरे पनि भीटीएम किट अभावमा अपेक्षित परीक्षण गर्न नसकिएको  पत्रमा स्वीकार गरेका छन् । मुख्यमन्त्री राउतले संघीय सरकारले यथाशिघ्र भीटीएम किट, उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि प्रधानमन्त्री ओली समक्ष माग गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका प्रदेश नम्बर २ का लाखौँ युवा स्वदेश फिर्ता हुने सम्भावनालाई दृष्टिगत गर्दै यस प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागि विशेष आर्थिक प्याकेजको माग गरेका छन् ।यस प्रदेशमा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा बढी पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले जानकारी दिए ।

धनुषामा संक्रमित भएकाहरुमध्ये २० जना लक्ष्मिीनियाँ गाउँपालिकाको २० जना र ९ जना अन्य स्थानको रहेको बताइएको छ । संक्रमित सबैजना क्वारेण्टाइनमा रहेकाहरु नै हुन् । त्यस्तै महोतरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता झाले जानकारी दिए ।

महोत्तरीको १७ जना संक्रमित जलेश्वर नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले जनाएको छ । त्यस्तै, सिरहाको संक्रमितहरुमध्ये बरियारपटीका ५ जना रहेका छन् भने १ जना अन्य स्थानका रहेका छन् । सर्लाहीको मलंगवा क्वारेन्टाइनमा रहेका ७ जना र सप्तरीको १४ जना संक्रमित बोदेबर्साइन नगरपालिका स्थित क्वारेन्टाइनका रहेका छन् ।

यता, धनुषा लगायतका जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढेपछि आईसोलेसनको अभाव भएको छ । आईसोलेसनको अभावसंगै अहिले धनुषा, महोत्तरी, सर्लाहीका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन विस्तार गर्न तर्फ प्रदेश सरकारले लागि परेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.