केन्द्रीय संस्करण

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । भारतमा बुधबार एकै दिनमा ७ हजार ४६६ जना  कोरोना संक्रमित थपिएका  छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५ हजार ७९९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ७०६ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७१ हजार १०५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  हाल भारतमा ८९ हजार ९८७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५९ हजार ५४६ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १९ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । दिल्लीमा १६ हजार २८१ जना कोरोना संक्रमित रहेका छन् । गुजरातमा १५ हजार ५७२ संक्रमति रहेका छन्  । 

भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो ।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

 भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । –एएनआई
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.