रौतहटमा क्वारेन्टाइनमा बस्नेको संख्या ६ हजार नाघ्यो
रौतहट । रौतहटको विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेहरुको संख्या ६ हजार नाघेको छ ।
भारतको विभिन्न सहरहरुबाट आउनेको संख्या बढेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या पनि वृद्धि भएको हो ।
शनिवार अपरान्हसम्म क्वारेन्टाइनमा बस्नेको संख्यामा ९३ महिला सहित ६ हजार आठसय ४१ पुुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
रौतहटको विभिन्न क्वारेनटाइनमा बस्ने संकास्पद संक्रमितमध्ये कुल दुईहजार ९४ जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएकोमा १८९ जना पोजिटिभ र आठसय ८० जनाको नेगेटिभ रिपोर्ट आएको उनले बताए । अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयका नायव सुबा रामनरेश साहले बताए ।
कोरोना भाइरसको उच्च संक्रमण देखिएकाले भारतबाट आउनेहरुलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्न जिल्लाको विभिन्न स्थानमा ६ हजार पाँचसय ८३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा