दुई स्वास्थ्यकर्मीसहित दाङका थप ९ जनामा कोरोना पोजेटिभ
आइतबार, १८ जेठ २०७७, १८ : ५७
दाङमा थप दुई स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परीक्षणमा दाङका ९ जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
जस अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १/१ जना जनामा कोरोना पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १ जना, वडा नं. १५ का १ जना र वडा नं १६ का ३ जना रहेको पाइएको छ ।
योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । दाङमा देखिएका सबै भारतबाट भरखरै मात्र आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा