शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रामग्राम नगरपालिकाका जनप्रतिनिधिको  तलब सुविधा निर्णय प्रति चर्काे आलोचना

बुधबार, २१ भदौ २०७४, १२ : १२
बुधबार, २१ भदौ २०७४

परासी– नवलपरासीको रामग्राम नगरपालिकाको पहिलो नगर परिषदबाट प्रमुख उपप्रमुख सहित वडा अध्यक्षहरुलाई तलब सुविधा तोकिएपछि जिल्लामा चर्काे आलोचना भएको छ । नगरपालिकाकाले प्रमुख, उपप्रमुख र वडा अधयक्षहरुलाई मासिक परिश्रमिक र विभिन्न सेवा सुविधा, शिर्षकमा ठुलो रकम बिनियोजन गरेपछि जिल्लामा यसप्रति चर्काे आलोचना भएको हो ।
जनताबाट विभिन्न शिर्षकमा उठाउने करले नगरको विकास निर्माण भन्दा बाहिर रही निर्वाचित जनप्रतिनिधिहरु तलब, भत्ता र विभिन्न सेवा सुविधानमा वार्षिक करिब १ करोड रुपिया बाडफाँड गर्ने नगरपालिकाको निर्णय प्रति चर्काे आलोचना भएको हो । 

नगरपालिकाको कुल बिनियोजित आय बजेट ५९ करोड, १४ लाख ९६ हजार छ जसमध्ये २ करोड ७० लाख रुपिया नगरको आन्तारिक श्रोतबाट आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाकाले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र कार्यपालिका र वडा सदस्यहरुलाई बार्षिक करिब १ करोड रुपिया तलबभत्ता र विभिन्न सुविधा भन्ने शिर्षकमा खर्च गर्ने देखिएपछि राजपाले यस निर्णयलाई फिर्ता लिन माग गर्दै आज प्रेस विज्ञप्ती जारी गरेको छ ।  
नगरपालिकाले तोकेको तलबभत्ता र सेवा सुविधा अनुसार मेयर नरेन्द्र कुमार गुप्ताले मात्र वार्षिक ८ लाख १५ हजार पाउने भएका छन् भने उपमेयर रम्भा कुँवर ७ लाख २६ हजार पाउने छिन् यस्तै प्रत्येक वडाका अध्यक्षहरुले पनि वार्षिक ३ लाख ४२ हजार पाउने छन् जुन १८ वटै वडा अध्यक्षको तलब सुविधा रकम बार्षिक ६१ लाख ५५ हजार पुग्ने अनुमान गरिएको छ ।
यता नगर कार्यपालिका सदस्यले पनि वार्षिक करिब १ लाख ३० हजार पाउने छन् जुन ८ जना सहित वार्षिक रकम करिब १० लाख ४० हजार र वडा सदस्यलाई वर्षमा एक पटक चाँडपर्व भन्ने शिर्षक दिईने रकम ७ लाख रुपिया पुग्ने देखिन्छ । यसरी नगरपालिकाकाले जनप्रतिनिधिको तलबभत्ता र सेवा सुविधामा खर्चिने रकम ९४ लाख रुपिया पुग्ने अनुमान गरिएको राजपाका जिल्ला संयोजक पुरन चौधरीले बताए ।     
नगरपालिकाले गरेको तलब भत्ता, सेवा सुविधा रकम लिने निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने समेत राजपाले चेतावनी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप