शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम घटनामा बेपत्ताको शव फेला

बुधबार, २१ जेठ २०७७, १२ : ३०
बुधबार, २१ जेठ २०७७

 जेठ १० गते रुकुम पश्चिमको सोती गाउँमा भएको विवादपछि भेरी नदीमा बेपत्ता भएका जाजरकोटका गोविन्द शाहीको शव फेला परेको छ । 

मंगलबार भेरी नदी किनारमा उनको शव फेला परेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । यसअघि भेरी नदीमा ५ जनाको शव फेला परेको थियो । 

जाजरकोट भेरी नगरपालिका ४ रानागाउँबाट २० वर्षीय नवराज बिक र  रुकुम पश्चिम चौरजहरी नगरपालिका ८ सोती गाउँकी किशोरीबीचको अन्तरजातीय विवाहको बीचमा विवाद हुँदा सो घटना हुन पुगेको थियो । सोतीका गाउँलेले आक्रमण गरेर भाग्ने क्रममा उनीहरु भेरी नदीमा बेपत्ता भएको दावी गरिएको छ। नवराज बिकसहित ६ जनाको मृत्यु भएको सो घटनाबारे विभिन्न छानबिन समितिले छानबिन गरिरहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप