ठूलो परिमाणमा लागुऔषधसहित एक युवक पक्राउ
बारा । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान बाराको विश्रामपुर गाउँपालिका–३ स्थित खुदियाटोलाबाट एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प (बिओपी) बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरी नेतृत्वमा खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आइरहेका अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित विश्रामपुर –३ मुसहर्वा बस्ने १८ वर्षीय धनञ्जय यादवलाई पक्राउ गरेको हो ।
अभियुक्त यादवका साथबाट लागुऔषध नाइट्रोजेपान ६०० थान र बाइन करेक्स १४७ बोतल बरामद भएको सशस्त्र प्रहरी बल गण नं १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए । उनका अनुसार आवश्यक कानूनी कारवाहीका लागि यादवलाई नेपाल प्रहरीसमक्ष बुझाइएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा