पश्चिम नवलपरासीमा एकैपटक ८ जनामा कोरोना संक्रमण पुष्टि
परासी। पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्लाको सिमावर्ति गाउँपालिका पाल्हीन्दनमा ७ र बर्दघाट नगरपालिकामा १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा बर्दघाट नगरपालिका १६ बस्ने २४ बर्षिय युवक रहेका छन् भने पाल्हीन्दन गाउँपालिका वडा १ का २५ बर्षिय पुरुष, वडा २ का २१ बर्षिय, वडा ३ का ३४ बर्षिय, वडा ४ का २९ बर्षिय र वडा ६ का २०, २१ र ३४ बर्षिय पुरुषहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्वारेन्टिनमा रहेका ती व्यक्तिहरुको एकहप्ता अगाडि परीक्षणका लागि थ्रोट स्वाब नुमना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको थियो । पाल्हीन्दन गाउँपालिकामा भेटिएका कोरोना पोजेटिभहरु मध्ये ३ जना वडा २ स्थित हरपुर क्वारेन्टिनमा रहेका छन् भने ४ जना वडा ४ पाल्हीस्थित क्वारेन्टिनमा रहेको पाल्हीनन्दन गाउँपालिकाले जनाएको छ । उनीहरु सबै भारतको विभिन्न शहरबाट आएका थिए ।
पोजेटिभ देखिएका ती व्यक्तिहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई आइशोलेसन पठाउने तयारी समेत भैरहेको पाल्हीनन्दन गाउँपालिकाले जनाएको छ ।
योसँगै जिल्लामा संक्रमितको सङख्या १५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा