शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा ४ विधेयक टेबुल

सोमबार, ०१ असार २०७७, १२ : ३७
सोमबार, ०१ असार २०७७

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ टेबुल गरेका हुन् । बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुँदैछ ।

आज कानून, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलयअन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुनेछ । 
 
यसैगरी युवा तथा खेलकूद, अर्थ, सञ्चार तथा सूचना प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप