केन्द्रीय संस्करण
सफलताको कथा

विदेशबाट पैसामात्र होइन, सीप पनि ल्याउन सकिन्छ भन्ने उदाहरण हुन् यी युवा

person explore access_timeअसार ४, २०७७ chat_bubble_outline0

मान्छे विदेशबाट पैसामात्र होइन, सीप पनि ल्याउँछन् । विदेशबाट ल्याएका सीपका कारण आफ्नो देशमा राम्रै प्रगति गरेका थुप्रै उदाहरणहरु छन् । कतिपय युवा विदेशमा विभिन्न हण्डर र ठक्कर खाइ फर्केर आफ्नै देशमा केही गरेर उदाहरण कायम गरेका छन् भने कतिपय युवा विदेशबाट पैसा र सीप दुवै ल्याएर प्रगतिका पथमा छन् ।

त्यसमध्येका हुन् झापाका युवाहरु, जो वैदेशिक रोजगारीबाट फर्केर लकडाउनकै पूर्वसन्ध्यामा कारोबारको थाले । उनीहरुले अहिले राम्रो व्यापार गरिरहेका छन् । ‘चालिस कटेसी रमाउला’ भन्ने गीत ठ्याक्कै उनीहरुमा मेल खाएको छ ।

४० वर्षभन्दा कम उमेरका पाँचजना युवाले अनलाइन खाद्यान्नको व्यापार शुरु गरेका छन् । झापाका ३४ वर्षीय नितेष श्रेष्ठ, २९ वर्षीय अरुण श्रेष्ठ, ३६ वर्षीय दिनेश सिलवाल, २६ वर्षीय निर्जल श्रेष्ठ र दोलखाका ३१ वर्षीय सुनिल प्रधानले रासन आइटी नामको कम्पनीबाट अनलाइनमार्फत खाद्यान्नको होलसेल बिक्री वितरण गर्दै आइरहेका छन् । यी पाँचमध्ये कोही पाँच वर्ष, कोही सात वर्ष त कोही चार–चार वर्ष विदेशमा काम गरेर फर्केका युवा हुन् ।

उनीहरु त्यहाँ काम नपाएर वा दुःख पाएर फर्केका भने होइनन् । राम्रो कमाई भए पनि स्वदेशमै केही गर्नुपर्छ भन्दै उनीहरु स्वदेश फर्केर सामूहिक व्यापारका लागेका हुन् । उनीहरुले विदेशमै सिकेको सिप प्रयोग गरेर व्यापार थालेका हुन् । ती युवामध्ये कोही विदेशमा अनलाइन विजनेशमा काम गर्थे भने कोही स्टोरकिपर थिए । त्यही अनुभवले तीन महिनामै सफल उद्यमीको पथमा उनीहरुले आफूलाई स्थापित गरेका छन् ।


अब लगानी डुब्ने हो कि, यही लकडाउनले सडकमा ल्याइहाल्ने हो कि भन्ने डर उनीहरुको मनभित्र पसिसकेको थियो । तर लकडाउन उनीहरुका लागि बरदान नै साबित भयो । अनलाइन व्यापार भएको कारण कारोबारमा कुनै रोकावट आएन । बन्दाबन्दीमा पनि खाद्यान्न पसलहरु खुलेका कारण उनीहरुलाई व्यवपार गर्न त्यति गाह्रो भएन । घर वा पसलबाट बाहिर जान नसक्ने किराना पसलहरुले अनलाइनमार्फत अर्डर गर्न थाले ।


कति छ लगानी ?

पाँचैजनाले २०–२० लाख रुपैयाँ जम्मा गरी एक करोड लगानीमा व्यापार शुरु गरेका हुन् । उनीहरुले आफूले कमाएका पैसा व्यापारमा लगानी गरेका हुन् । ‘अहिलेसम्म ऋण लिनुपरेको छैन, सायद आउने दिनमा पनि लिनुपर्दैन जस्तो लाग्छ,’ उनीहरु भन्छन् ।

अहिलेसम्म जेजति कमाई भइरहेको छ, सबै पूँजीमै गइरहेको उनीहरुको भनाइ छ । अहिले पूँजी नै बढाउने सोच आफूहरुको रहेको उनीहरु बताउँछन् । यो तीन महिनामा जम्मा पूँजी कति भयो भनेर हिसाब नगरेको उनीहरुले बताए ।

विश्वमा कोरोना महामारी फैलिसकेको थियो । तर नेपालमा त्यसको प्रभाव नदेखिए पनि सतर्कता अपनाउने पहल शुरु भइसकेको थियो । नेपाल पनि लकडाउनमा जान्छ भने कुरा उनीहरुलाई थाहा थिएन । उनीहरुले व्यापार शुरु गरेको पाँच दिनमै नेपालमा पनि लकडाउन शुरु भएको थियो । शुरुमा उनीहरु आत्तिएका थिए ।

अब लगानी डुब्ने हो कि, यही लकडाउनले सडकमा ल्याइहाल्ने हो कि भन्ने डर उनीहरुको मनभित्र पसिसकेको थियो । तर लकडाउन उनीहरुका लागि बरदान नै साबित भयो । अनलाइन व्यापार भएको कारण कारोबारमा कुनै रोकावट आएन । बन्दाबन्दीमा पनि खाद्यान्न पसलहरु खुलेका कारण उनीहरुलाई व्यवपार गर्न त्यति गाह्रो भएन । घर वा पसलबाट बाहिर जान नसक्ने किराना पसलहरुले अनलाइनमार्फत अर्डर गर्न थाले ।

नितेष श्रेष्ठ भन्छन्, ‘लकडाउनको शुरुमा केही समस्या भएको थियो, समानहरु पाउन गाह्रो भइरहेको थियो । हामीले गरेको अर्डरका सामानहरु आइरहेका थिएन । मान्छे निकै डराएका थिए, हामी पनि डराएका थियौं, तैपनि हामीले काम गर्न छाडेनौँ । सुरक्षा मापदण्ड अपनाएर कामलाई निरन्तरता दियौं ।’

कामदारहरु नहुँदा आफूहरुले नै सामान बोकेर पसल पसलमा पु¥याउने काम गरेको उनले बताए । ‘अर्डर आए अनुसार सामान पु¥याउने प्रयास हामीले ग¥यौं,’ उनले भने ।


ती युवाहरुको एउटा प्लस प्वाइन्ट भनेको आफैँ खट्छन् । कामदार पनि राखेका छन् तर आवश्यकता परे आफै पनि सामान बोकेर हिँड्छन् । गाडी नभए बाइक वा काँधमा बोकर पनि अर्डर पुरा गर्ने गरेका छन् ।


प्राथमिकतामा महिला

यी युवाहरुको लक्ष्य किराना पसल नै हो, त्यसमा पनि एकल महिला, जो एक्लै छन् र पसल खोलेर गुजारा गरिरहेका छन्, बजार गएर पसलका लागि सामान ल्याउन नसक्नेहरुलाई टार्गेट गरेर व्यापार उनीहरुले व्यापार शुरु गरे ।

सुनिल प्रधान भन्छन्, ‘हाम्रो प्राथमिकतामा महिला नै हो, त्यसमा पनि त्यसमा पनि पहिलो प्राथमिकतामा एकल महिलालाई लिएका छौँ, अर्डर हामी सबैको लिन्छौ तर प्राथमिकतामा महिलालाई राखेका छौं ।’ पहिला महिलाको अर्डर पूरा गरेरमात्र अरुतिर केन्द्रित हुने गरेको उनले बताए ।


उनीहरुको लक्ष्य व्यापार विस्तार गर्नु हो । अहिले पैसा कमाउनु भन्दा पनि व्यापारलाई कसरी विस्तार गर्ने, त्यसमा आफूहरुको ध्यान रहेको उनीहरु बताउँछन् ।


ती युवाहरुको एउटा प्लस प्वाइन्ट भनेको आफैँ खट्छन् । कामदार पनि राखेका छन् तर आवश्यकता परे आफै पनि सामान बोकेर हिँड्छन् । गाडी नभए बाइक वा काँधमा बोकर पनि अर्डर पुरा गर्ने गरेका छन् ।

उनीहरुको लक्ष्य व्यापार विस्तार गर्नु हो । अहिले पैसा कमाउनु भन्दा पनि व्यापारलाई कसरी विस्तार गर्ने, त्यसमा आफूहरुको ध्यान रहेको उनीहरु बताउँछन् । लकडाउनमा थुप्रै खाद्य स्टोरहरुले कालोवजारी गरे तर आफूहरुले कुनै कालोवजारी नगरेको दावी गर्दै नितेष भन्छन्, ‘हामीसँग रहेको सामान पुरानै मूल्यमा बेच्यौं, हामीले आफ्ना सम्पूर्ण समानको मूल्य वेबसाइट (www.rasan.com.np) मा सार्वजनिक गरेका छौं, हामीले फ्रि डेलिभरी गर्नुको साथै न्युनतम मूल्यमा समान बेचिरहेका छौं किनभने हामीलाई अहिले पैसा कमाउनु छैन, व्यापार विस्तार गरेर देशको कालोबजारीलाई खत्तम पार्नुछ ।’

यस्तो व्यापार गर्ने सोच नितेष श्रेष्ठमा आएको थियो । दुबईमा काम गर्ने नितेष दशैंमा घर आएका थिए । लामो बिदा भएको कारणले उनले यहाँको व्यापार, व्यवसायीको बारेमा अध्ययन गर्ने मौका पाए । नेपालमै नयाँ सोचका साथ केही गर्न सकिन्छ भन्दै उनी दुबबई फर्के र त्यहाँ राजिनामा दिएर पुनः स्वदेश फर्के । स्वदेश फर्केपछि साउदीमा रहेका अरुण, आवुधावीमा रहेका सुनिल, युकेमा रहेका दिनेश र नेपालमै रहेका निर्जललाई कन्भिन्स गरे ।

उनीहरुको बीचमा पहिलादेखि नै चिनजान थियो । नितेशले सबैलाई कन्भिन्स गरेपछि उनीहरु पनि आ–आफ्ना जागिर छाडेर नेपाल फर्केका थिए । उनीहरु अनलाइन व्यापार गर्ने निधोमा पुगे । केही दिनको गृहकार्यमा उनीहरुले युएन पार्क नजिक एउटा घरमा फ्ल्याट भाडामा लिएर तत्कालै कारोबार शुरु गरिहाले ।

तर उनीहरु भन्छन्, ‘विदेशमा काम गर्नुको जति सजिलो नेपालमा छैन । नेपालको उपभोक्ता राम्रा छन् तर यहाँका सिस्टम करप्ट र बेइमान छ ।’ व्यावसायिक कम्पनी दर्ता गराउन कतिको पापड बेल्नुप¥यो, त्यो कुरा अहिले भनिसाध्य छैन भन्दै उनीहरुले यहाँका कर्मचारीबाट निकै दुःख पाएको अनुभव सुनाए । उनीहरुको निष्कर्ष छ, ‘पहिलो कुरा नेपालमा समयको महत्व छैन, विदेश यति अगाडि बढ्नुमा मुख्य कारण समय हो तर नेपालमा समयको कुनै महत्व छैन, त्यही भएर कुनै काम समयमा हुँदैन ।’

नेपालमा अनलाइन विजनेश विश्वासिलो हुन सकेको छैन, अनलाइनको समान खराब हुन्छ भने भ्रम अधिकांश उपभोक्तामा रहेको बताउँदै नितेशले उपभोक्ताहरुमा अनलाइनको ज्ञान कम रहेको सुनाए ।

झापाका नितेष दुबईमा महिनाको चारलाख रुपैयाँ कमाउँथे । उनलाई व्यापारको कुनै आवश्यकता थिएन । मज्जाको कमाई थियो तर स्वदेशमै केही गरौं, आफूले सिकेको केही कुरा देशलाई पनि दिउँ भन्ने सोचका साथ यसमा लागेको बताउँदै उनले देशको आर्थिक विकासमा केही योगदान गर्न चाहेको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.