शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तिलोत्तामा सामुहिक हत्याकाण्ड : १२ औं दिनसम्म पनि पोष्टमार्टम रिपोर्ट आएन

आइतबार, ०७ असार २०७७, १९ : २७
आइतबार, ०७ असार २०७७

बुटवल । रुपन्देहीको तिलोत्तमा भएको सामुहिक हत्याकाण्डमा मारिएकाहरुको पोष्टमार्टम रिपोर्ट अझै आएको छैन् । हत्या भएको १२ औं दिनसम्म पनि पोस्टमार्टम रिपोर्ट नआएको अनुसन्धानमा खटिएको प्रहरीले आइतबार जनाएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता एर्व अनुसन्धान टोलीको नेतृत्वकर्ता एसएसपी राजकुमार बैदावरले पोष्टमार्टम रिपोर्ट अझै नआएको रातोपाटीलाई बताए । 

तिलोत्तमा–१० मैनहियास्थित कृष्णबहादुर पुनको स्वामित्वमा रहेको गंगादेवी कृषि फर्ममा जेठ २७ गते फर्ममै काम गर्ने रूपन्देहीकै सैनामैना–५, दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने रमेश भन्ने पोषराज मुसहर तथा स्थानीय करुण चौधरी र आशिष चौधरीको हत्या भएको थियो । 

हत्या भएको दोस्रो दिन मृतकको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टम गर्दा भिसेराको नमुना काठमाडौंस्थित प्रहरी विधि प्रयोगशालामा पठाइएको थियो । हत्याको अरोपमा प्रहरीले सोही कृषि फर्ममा काम गर्ने सुर्खेतका झुसेन्द्र सिँजालीलाई पक्राउ गरेको छ । 

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भने भिसेरा रिपोर्ट आउन समय लाग्ने बताउँछन् । अन्य केसहरु पनि हेर्दा भिसेरा रिपोर्ट आउन एक महिनादेखि ३ महिनासम्म लाग्ने उनले बताए । एसएसपी राजकुमार बैदावरले रिपोर्ट छिटै पठाउन आग्रह गरेको बताए । हत्याको आरोपमा पक्राउ परेका सिँजालीको जिल्ला अदालत रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा चलाएको छ । 

भिसेरा रिपोर्ट आउँदा हत्या अरोपमा मुद्दा चलाइएका  सिँजालीमाथिको आरोप प्रमाणित गर्न थप प्रमाण पुग्न सक्ने आश प्रहरीको छ । रिपोर्ट आउँदा हत्याका अन्य प्रमाण पुष्टि गर्न सहज हुने प्रहरी बताउँछ ।

प्रहरीले यसबीचमा अन्य विषयमा अनुसन्धान भइरहेको जनाएको छ । घटना संलग्न एकजना मात्रै थिए या अन्य पनि छन् भन्ने अझै प्रष्ट भइसकेको छैन । एक्लै त्यतिका मानिसको हत्या कसरी सम्भव भयो भन्ने प्रश्न कायमै छ । 

यस्तै, मदिरा खुवाएर या कुनै बिषादी बस्तु खुवाएर हत्या भएको हुन सक्नेतर्फ पनि आशंका नभएको होइन तर यसबारे प्रष्ट हुन रिपोर्ट नै आउनुपर्ने प्रहरीको भनाइ छ ।

हत्या अरोपित व्यक्ति घटना भएकै दिन पक्राउ परेका  थिए । सुर्खेतको लेखबेसी नगरपालिका–५ नेटा निवासी उनलाई  जिल्ला अदालत रुपन्देहीबाट कर्तब्य ज्यान मुद्दा अदालती प्रकृया अगाडि बढाइएको छ ।

अभियुक्त सिँजालीले हत्या गरिएका ५ जनाबाट विगत देखि नै आफ्नो चरित्र हत्या भएको र मानसिक रुपमा चोट पु¥याउँदै आएकोले आक्रमण गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप