अमेरिकाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग
बुधबार, १० असार २०७७, १७ : १३
काठमाडौं । अमेरिकाले नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालार्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
अमेरिकाले ती सामाग्री कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि ‘राष्ट्रिय अभियान योजना २०७०’ सफल बनाउन उपलव्ध गराएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ । प्रधानसेनापति थापाले मित्रराष्ट्र अमेरिकाको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी