शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आयुष्मानको पिठ्युमा चढेको तस्बिर सार्वजनिक गर्दै प्रियंकाले लेखिन्, ‘जिम बन्द छ, तर नो प्रोब्लम’

बिहीबार, ११ असार २०७७, ११ : ४३
बिहीबार, ११ असार २०७७

काठमाडौं – इन्गेजमेन्ट, ब्याजलर पार्टी होस् वा विवाह समारोह । हरेक पलमा विशेष तवरबाट प्रस्तुत हुँदै आएका प्रेम जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले विवाहपछिका दिनहरु पनि विशेष तवरबाट बिताइरहेका छन् ।

गत फागुन १५ गते लगनगाँठो कसेको यो जोडीको विवाह लगत्तै हनिमुनको तयारी हुँदै थियो । तर, कोरोनाको त्रास र त्यसपछि श्रृजित लकडाउनको कारण यो जोडी आमनेपाली झै घरभित्रै थुनिन बाध्य भए ।
घरमै थुनिनु परेपनि यो जोडीले विवाह पछिका पलहरु भने घरमै विशेष तवरबाट बिताइरहेका छन् । 

जसको अनुमान उनीहरुले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्बिरबाट पत्ता लगाउन सकिन्छ ।

यो जोडीले कहिले एकअर्काेको टाउकोमा तेल लगाएर मसाज गरेको, कहिले दुवै मिलेर खाना पकाउँदै गरेको, कहिले दुवैले छालाको हेरचाह भन्दै अनुहारमा फेसप्याक दलेको लगायत जीवनका रोमान्टिक पलका तस्बिरहरु सार्वजनिक गरिरहेका छन् । 

लकडाउन र त्यसपछिको समय मस्तीसँग बिताइरहेका यो जोडीले एक अर्काेको मद्दतमा एक्सरसाइज समेत गरिरहेका छन् । जुन कुरा प्रियंकाले हालै सार्वजनिक गरेको तस्बिरमा जनाएकी छन् । प्रियंकाले स्टाग्राममा आफुलाई आयुष्मानले बोकेको ‘ह्याप्पी मुड’को एक तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ,‘जिम बन्द छ । तर, नो प्रोब्लम ।’

प्रियंकाले यो पोस्ट मार्फत जिमखाना बन्द भएपनि घरमै वर्कआउट गर्न सकिने सन्देश मिलेको छ । जसको लागि आफ्नो जोडी सहयोगी बन्न सक्ने उनका आसय रहेको छ ।

प्रियंका म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री पनि हुन् । पछिल्लो समय भने उनले यी काम बिस्तरै कम गर्दै समाजसेवामा आफुलाई अगाडि बढाउदै छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप