लकडाउन अवधिको पचास प्रतिशत भाडा मिनाहा
धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ । आज उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले गत चैत ११ देखि यही असार १ गतेसम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताए ।
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले उपमहानगरपालिकाले सराहनीय निर्णय गरेको उल्लेख गरे । उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्स व्यापारीलाई भाडामा दिएको छ ।
कोरोना संवेदनशीलताका बारेमा व्यवसायीसँग छलफल
कोरोना संवेदनशीलतालगायतका विषयमा धनगढीका व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरिएको छ । उपमहानगरपालिकाका प्रमुख वडले आज यहाँ कैलाली उद्योग वाणिज्य सङ्घ, औषधि व्यवसायी सङ्घ, तरकारी व्यवसायी सङ्घ, किराना व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल तथा सुझाव दिने काम गरे ।
सरकारले लकडाउन खुकुलो बनाउँदा जोखिम बढेको भन्ने गुनासो आउन थालेपछि व्यवसायीसँग छलफल शुरु गरिएको बताइएको छ । नगरप्रमुख वडले व्यवसायीसँग पसलका अगाडि डोरी, रिङ वा चुनाको रेखा राखेर ग्राहकको भौतिक दूरी कायम हुने वातावरण बनाउन आग्रह गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी