बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

'इनफ इज इनफ'अभियानमा कमल थापाको पनि  ऐक्यबद्धता

बिहीबार, १८ असार २०७७, २० : ३०
बिहीबार, १८ असार २०७७

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले ‘कोभिड १९ इनफ इज इनफ' अभियानका अनसनकारी युवालाई भेटेका छन् । जनसरोकारका विभिन्न माग राखी पाटन दरबारस्थित कृष्णमन्दिर अगाडि अनशन बसेका युवाहरुलाई थापाले बिहीबार अपराह्न भेटका हुन् ।

अनशन बसेका युवाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अध्यक्ष थापाले सत्याग्रह स्थलमा प्लेकार्ड बोकेर अभियानप्रति ऐक्यवद्धता समेत जनाए ।

भेटपछि थापाले ट्विटमार्फत भने, ‘जनसरोकारका मागहरू राखेर अनशन, सत्याग्रहमा बसेका 'ई' लगायतका युवाहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दैछ। युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रधानमन्त्री र सरकारसँग आग्रह गर्दछु। ‘इनफ इज इनफ’मा हाम्रो ऐक्यबद्धता छ।’

यसअघि अनसनकारीलाई भेटन पुगेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई, काँग्रेस नेता अर्जुननरसिंह केसी, नविन्द्रराज जोशी, गगन थापा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलगायतले पनि अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप