कविता : आमा

तिम्रो चरण पर्दा मात्र पनि,
लाग्छ मेरा भयहरू सब दूर हराए,
तिम्रो पाउमा छुँदा लाग्छ,
तेत्तीस कोटि देवी देवता सब आफ्ना भए।।
खुला गगनमुनि बस्दा पनि तिम्रो आँगनी लाग्छ,
संसारकै सुरक्षित ठाउँ,
तिम्रै निश्चल नयनका वरिपरि
जुनिजुनि घुमिरहन पाउँ।।
तिम्रो चित्त संसार अटाउने दयाको मुहान,
तिम्रो मस्तिष्कले प्रत्येक समस्यामा
गर्न सक्छन् सहन,
तिम्रो दृष्टिमा छन् सौर्य ताप भन्दा न्यानो किरण।।
तिम्रो मुटुमा छ ममताको अमृत कुण्ड,
तिम्रो छाती भित्र अटेको छ,
सन्तानको खुसी भर्ने संयन्त्र ,
तिम्रो ममताको छाया लाग्छ,
संसारकै अमूल्य स्नेहको भण्डार,
अलौकिक भौतिक प्राप्ति भन्दा
निकै नै विशाल दिव्यताको सहर ।।
तिम्रा नयन,
सृष्टिको अलौकिक सुन्दर बाटिका,
तिमीभित्र बग्छन्,
दिव्यताले भरिपूर्ण रक्तकेशिका।।
तिम्रो अश्रुधाराले
रोक्नेछन् इन्द्रदेवका बर्सात,
पसिनाका थोपाले गन्नेछन् प्रत्येक प्रहर,
तिम्रो देह,
शान्तिरूपी जीवनयात्रालाई सजाउने
कोमल स्थान,
तिम्रो सपना,
हुनेछ सदा सन्तानको खुसीमा समर्पण ।।
तिम्रो पदचाप,
प्रकृतिको पूजनीय तीर्थस्थल,
तिम्रो छाया,चौतारी संसारकै शीतल,
तिम्रो ममता ईश्वरको सर्वोच्च चिनारी,
तिम्रो मुस्कान,
ब्रह्माण्डकै अलौकिक सुन्दर दृश्य,
तिम्रो स्पर्श,
बाल्यकाल सुन्दर बनाइ,
जन्म जन्मको अमूल्य यथार्थ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
-
अख्तियारले फेटा गाउँपालिकाका दुई अधिकारीसहित मिडिया हाउसविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
रौतहटमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरू
-
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
-
सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोग : माओवादीलाई अध्यक्ष छाड्न तयार छैनन् कांग्रेस–एमाले
-
प्रबलको पहिरनमा चम्किएका दिलजीतदेखि बेबी बम्पसहित उपस्थित कियारासम्म, तस्बिरहरू