केन्द्रीय संस्करण

रौतहटमा हतियार देखाएर मोटरसाइकल लुटियो

person explore access_timeअसार १९, २०७७ chat_bubble_outline0

रौतहट । रौतहटमा गएराती अपराधिक समूहले हतियार देखाएर मोटरसाइकल लुटेका छन् । जिल्लाको मौलापुर देवाही बीचको लालबकैया नदि पुलछेउमा  २ जनाको समूहले बिहिवार साँझ ८ः३० बजे हतियार देखाई मोटरसाइकल लुटेको हो । उनीहरु त्यहाँ पहिले देखिनै पल्सर मोटरसाइकलमा घात लगाई बसेका थिए ।  

बारा महागढिमाई नपा ४ दहियारका २१ वर्षीय सुनिल साह लगन लिएर कटहरिया गइरहेका बेला उनी चढेको सुपर स्प्लेन्डर औनटेस्ट मोटरसाइकल लुटिएको उनले बताए । सो क्रममा लुटेराहरुले हातपात समेत गरेको पीडित सुनिलले बताए । घटनालगत्तै गएको प्रहरी टोलीले घटनास्थलबाट एउटा ग्लैमर मोटरसाइकल बेवारिसे अवस्थामा बरामद गरिको  ईलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख इन्स्पेक्टर मेदनी साहले जानकारी दिए ।

बरामद मोटरसाइकल लुटेरा समूहको हुनसक्ने बताउँदै घटनाबारे अनुसन्धान भैइरहेको उनले जानकारी दिए । उक्त घटना हुनु केहिबेर अगाडि सोही ठाउँमा मोटरसाइकल लुट्न गएका २ जना पक्राउ परेकाले दोस्रो घटनामा उनीहरुको समेत संलग्नता हुनसक्ने प्रहरीको अनुमान  छ । यो घटनाको २ दिनअघि मात्र फतुवा बिजयपुर नपा बडहरवा टोलका अबरारुल देवानको घरबाट २२० सिसिको मोटरसाइकल चोरी भएको थियो । उक्त घटनाको अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.