दिल्लीमा अलपत्र ६ नेपालीको उद्वार
चन्द्रौटा । भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पु¥याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पु¥याइएको थियो ।
शान्ति पुनःस्थापना गृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए । महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ थियो ।
ती महिलालाई प्रलोभनमा पार्नेमा एकएक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौँ पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा