मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

६३ सह–सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

आइतबार, २१ असार २०७७, २१ : ००
आइतबार, २१ असार २०७७

काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत ६३ सह–सचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सह–सचिवको सरुवा भएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाको समेत सरुवा भएको छ । कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका शोभाकान्त पौडेलको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश सुर्खेत सरुवा गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालय अन्र्तगतको महालेखा नियन्त्रक कार्यालय प्रवक्ता एवं सह–महालेखा नियन्त्रक भुपाल बरालको प्रदेश २ को  सामाजिक विकास मन्त्रालय जनकपुरमा सरुवा भएको छ । 

हेर्नुहोस् को कहाँ सरुवा भए ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप