बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ निवासी ४८ वर्षीया सुनिता चित्रकार र काठमाडौँ–१४ निवासी ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्याएर पारि विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज दुवैलाई बैकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सजाय हुने गरी फैसला भएको थियो ।
बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ साल फागुन १८ गतेको फैसलालेचित्रकारलाई तीन दिन कैद र छ लाख पचास हजार रुपैया जरिवाना हुने ठहर भएको थियो । फैसलापछि फरार रहेकी चित्रकारलाई गत असार २५ गते लुकिछिपि बसीरहेको अवस्थामा स्वयम्भूबाट पक्राउ गरिएको हो । उनलाई फैसला कार्यान्वयनको लागि सोही दिन सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ।
त्यसैगरी, उच्च अदालत पाटनबाट २०७६ माघ १४ गते सात दिन कैद र दश लाख रुपैयाँ जरिवाना हुने ठहर भएपछि फरार रहेका सुवाललाई लुकिछिपि बसिरहेको अवस्थामा रविभवनबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज