मान्छेको मन न हो, दुख्न के बेर !
पूर्वमाओवादी केन्द्र हुँदै हाल नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी पटकपटक मन्त्री र एकपटक उपप्रधानमन्त्री बनिसकेका छन् । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत खासै चर्चामा नआएका उनलाई दुबै पक्षले आ–आफ्नै ढंगले व्याख्या गरेका छन् । एकथरि यतिखेर रायमाझी चालिस बर्षको संगत छाडेका लेखराज भट्टजस्तै प्रचण्डसँग असन्तुष्ट रहेको र अर्काथरिले उनी केपी ओलीसँग लपक्कै भएकाले अहिलेको बिबादमा खुल्न नचाहेको बताउँछन् ।
रायमाझीहरू माओवादीभित्र सँधै बाबुराम भट्टराई खेमाका रूपमा परिचित हुन् । भट्टराईमाथि धेरैपटक कारबाही हुँदासमेत उनीहरूले चट्टानी अडानका साथ उनलाई साथ दिएका थिए । अहिले विगतको त्यहि अन्तरबिरोधलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले निकै सावधानीका साथ ‘क्यास’ गरेको बताइन्छ । त्यसकारण रायमाझी उतैतिर ढल्किएका हुन् भन्ने बुझाई पनि एकथरि नेता–कार्यकर्ताको छ ।
उता हरिबोलचाहिँ प्रचण्डलाई आनीबानी सुधार,परिवार नच्याप,जो पायो उहिसँग नभेट,जिल्लातिरका कार्यकर्तासङ्ग आफै सम्पर्कमा बस भनी सल्लाह दिइरहन्छन् ! पोहोर माघमा भारतीय चलचित्र अवार्ड आइफा बितरण कार्यक्रम गर्न लागिएको बेला बालुवाटारमा भेट्न जाँदा भात खान ढिला भयो भनेर तर्काएको/फर्काएको रिसले गजुरेल एक बर्षसम्म ओलीको सम्पर्कमै गएनन् ! यी पनि पार्टी फुट्ने भयो भन्ने लागेपछि अहिले जसरी पनि मिलाउनुपर्छ भन्ने तहमा पुगेका छन् !
उता, खुमलटारसँग पनि रायमाझीहरूको बेलाबखत कुरा भइरहेको छ । तर,बालुवाटार र खुमलटारको परस्परबिरोधी प्रस्तावले मथिङ्गल खल्बलाएको हुनसक्ने उनलाई नजिकबाट चिन्नेहरू नै बताउँछन् ।
हुन तः यसअघि प्रचण्डको प्रस्तावमा रायमाझीलाई तत्कालीन माओवादी समूहको टिम लिडर अर्थात् उपप्रधानमन्त्री नै बनाइएको थियो । त्यतिबेला उनी एमालेभित्र थिए भनेपनि उपप्रधानमन्त्री हुने नेताको हैसियतमा नै पुगेका हुन्थेनन् । अहिले बादलले समेत उपप्रधानमन्त्री नपाएको बेला टोपबहादुरले त झन चान्स पाउने कुरै थिएन ! तर,माओवादीमा रहेका कारण चार वर्षअघि नै उक्त अवसर पाएकै हुन् । मान्छेको मन न हो, कतिबेला कुन कुराले दुख्छ के ठेगान !
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते