बलात्कारको आरोप लागेका सशस्त्र प्रहरीका एसएसपी पक्राउ
बुधबार, ३१ असार २०७७, १७ : १०
काठमाडौं । बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई कार्यालय नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ । ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा